१३ वैशाख २०८३
काठमाडौं - काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती सरकारले खाली गराएको छ भने अब त्रिभुवन विमानस्थल छेउमा रहेको गैरीगाउँस्थित बस्ती खाली गराउने तयारी छ ।
सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन निर्देशन दिएसँगै शनिबार बिहानैदेखि त्यो बस्तीमा डोजर चल्यो । बस्ती खाली गराउनुपूर्व स्थानीय प्रशासनदेखि संघीय सरकार र नेपाली सेना समेतले वक्तव्यवाजी गरेका थिए ।
गैरीगाउँको बस्ती खाली गर्नु पहिल्यै उता जडिबुटीस्थित मनोहरा किनारबाट सर्नेहरुलाई हेर्नेको सडकछेउ भीड लागेको छ । तर, त्यसरी नै बाहिरबाट आएर कपनमा टहरा बनाएर बस्ने रोहिंग्याबारे भने सरकार बोलेको छैन ।
उनीहरुको घरफिर्तीबारे कुनै बयान वा वक्तव्यवाजी वर्तमान सरकारले गरेको छैन । हाल कपनमा मात्रै ३०० धुरी हटरा निर्माण गरेका छन्, रोहिंग्याहरुले । उनीहरुको अवैध नेपाल प्रवेशबारे गृहमन्त्रालय र नेपाली सेना पूर्ण जानकार भए पनि निर्वाध बस्ती विस्तार भएको छ ।
खुला सिमानाकै कारण सन् २०१४ देखि नेपाल आएका रोहिंग्या सबैभन्दा पहिला बंगलादेश पुगेका थिए । बंगलादेशमा राजनीतिक उपद्रव मच्चिएपछि खुला सिमानाको फाइदा उठाउँदै नेपाल छिरेका रोहिंग्याहरु अन्त नगई सोझै संघीय राजधानी काठमाडौं छिरे । यद्यपि, घुसपैठीयाहरुले बंगलादेशमा रोहिंग्याको छुट्टै क्याम्प राखेका छन् ।
नेपालमा भने रोहिंग्यालाई सरकारले घोषित क्याम्पमा राखेको होइन, अघोसित रुपमा उनीहरुले बस्ती विस्तार गरिसकेका छन् । त्यति मात्र नभई उनीहरुले नेपालका सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, नुवाकोट तथा गोरखालगायत जिल्लाबाट नेपाली नागरिकता लिएका छन् भने झण्डै २ सय बढीले नेपालको राहदानी लिइसकेका छन् । केही समय पहिले साउदीको दूतावासबाट जारी ३०० जनाको विवरणमा झण्डै डेढसय जनाले रोहिंग्यासँग मेसिन रिडेवल नेपाली पासपोर्ट लिएको खुलेको थियो ।
कुनै समय गृहमन्त्रालयको प्रवक्ता रहेका तथा हाल निर्वाचन आयोगको प्रवक्ता नारायण भट्टराई स्वयंले दुई जना रोहिंग्यासँग सिन्धुपाल्चोक प्रशासनबाट तामाङ थर लेखाएर लिएको नागरिकता फेला पारेको बताएका थिए । जब दुई सय जना रोहिंग्याले नेपाली राहदानी नै लिइसकेको जानकारी पाएपछि उनी गृहमन्त्रालयको ७७ वटै जिल्ला प्रशासन हेर्ने शाखाबाट अन्यत्रै सरेका थिए । अर्कोतर्फ छानी छानी श्रम मन्त्रालय रोज्ने शरतसिंह भण्डारीले रोहिंग्याको पासपोर्ट बनाइदिने गिरोहले दिएको डिनरमै सहभागी भएका थिए । बीचमा हालको एक नम्बर दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल ९डीपी० श्रममन्त्री भएर आएपछि पनि त्यो समूहले डिनर पार्टी दिन भ्याएको बताइन्छ । शरतसिंहरु दलीय रुपमा निमिट्यान्न भए पनि राजनीतिक पहुँचमा यथावत छन् । शरतसिंहका ज्वाइँ विराजभक्त श्रेष्ठे हालको सरकारमा उर्जामन्त्री छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया