१८ पुस २०८२
काठमाडौं- सीमा सुरक्षामा खटिएका प्रहरीले ५ सय रुपैयाँ नदिएको झोकमा गोली नै हानेर कोही कसैको हत्या गर्ला ? तर, सुनसरीको कोशी गाउँपालिका स्थित लौकहीमा यस्तै भएको छ ।
५ सय रुपैयाँ नदिएको झोकमा सफारी चालकलाई गोली हानेर मारेको अभियोगमा सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । सफारी चालकको गोली हानी हत्या भएपछि बिहीबार दिनभर सुनसरी तनावग्रस्त बन्यो । स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग नै ठप्प पारे । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत हानेको छ । परिस्थितिलाई थप उग्र बन्दै गएपछि गोली चलाउने सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन् ।
सीमा सुरक्षामा खटिएइको सशस्त्र प्रहरीको टोलीले गएराती सवा १ बजेतिर भारतबाट खाद्यन्न सामाग्री लिएर फर्किदै गरेका ४५ वर्षीय विजय साहमाथि सुनसरीको कोशी गाउँपालिकामा गोली प्रहार गरेको थियो । गोली लागेका सफारी चालक साहको घटनास्थलमै मृत्यु भएको थियो । तराइका सीमा कर छलिका सामान जसरी आउँछन् सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले असुली धन्दा उसैगरी चलाउने गरेको आरोप लाग्दै आएको छ। सफारी चालक साहमाथि पनि ५ सय माग्दा उनले नदिएपछि गस्तीमा रहेको सशस्त्र प्रहरीले गोली हानेको बताइएको छ ।
सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका विजय साह सफारी चलाएरै परिवारको गुजारा चलाउँदै आएका थिए । साह बस्दै आएको पुरी टोल भारतीय छोटी भन्सार लौकहीसँगै छ । यहाँबाट भारतको बेलाह बजार नजिकै पर्छ । बुधबार राति ११ बजेतिर खाना खाएर साहले सफारी निकाले । बेलाह बजार पुगे र चिनीलगायतका सामान लिएर फर्किए । सामान पु¥याएपछि उनी फेरि बेलाह गए । श्रीमती गीताका अनुसार दोस्रो पटक सामान लिएर आउँदा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोके ।
प्रहरीले पैसा माग्दै सामान रोकेपछि १२ बजेतिर पतिले फोन गरेको गीता बताउँछिन् । घट्नास्थल पुगेका पत्रकारहरूसँग गीताले भनिन्, ‘उहाँसँग फोनमा बोल्दा प्रहरीले पैसा मागेर विवाद गरिरहेको सुनेकी थिएँ । ५ सय मागिरहेको प्रष्ट सुनिन्थ्यो । गाडी साइड लगाउन भनिरहेका थिए । त्यही बेला ड्याङ्ग गोली चल्यो, त्यसपछि बोल्नुभएन ।’
घट्नास्थल मृतकको घरबाट करिब ३ सय मिटरको दूरीमा छ । पति नबोलेपछि गाउँलेसहित खोजी गर्न जाँदा साह भुइँमा ढलेका भेटिए । गोली लागेर ढलेका साहको आफूहरू पुग्नुअघि नै मृत्यु भइसकेको स्थानीयको दाबी छ । घटनापछि स्थानीय सुरक्षाकर्मीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए भने बिहीबार दिनभर सुनसरीको कोशी गाउँपालिका तनावग्रस्त बनेको थियो । गोली हान्ने हबल्दार पक्राउ परेसँगै अहिले अबस्था केहि शान्त बनेको छ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया