०९ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरणको फाइल पठाइसक्न मातहतका समितिलाई भनेको थियो । सो अवधिमा फाइल नपठाए सर्भरमा इन्ट्री गर्नका लागि दिइएको ‘एक्सेस’ बन्द गर्ने समितिको भनाइ थियो ।
तर समितिको उक्त निर्देशनलाई ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन् । समितिको निर्देशन कार्यान्वयन गर्न नसक्नेमा कोशी प्रदेशका २, मधेस प्रदेशका ३, बागमती प्रदेशको एउटा, लुम्बिनी प्रदेशको एउटा र सुदूरपश्चिम प्रदेशका २ जिल्ला रहेका समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
कोशीका संखुवासभा र खोटाङले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन् । खोटाङमा सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि बढेको छैन ।
मधेसमा धनुषा, महोत्तरी र बाराले नवीकरणको फाइल अपलोड गरेका छैनन् । बागमतीको दोलखा र लुम्बिनीको प्यूठान जिल्लाले अपलोड नगरेका चौधरीले जानकारी दिए । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाले अपलोड गरेका छैनन् ।
यी बाहेक ५ जिल्लाले पनि सर्भरमा नवीकरणको तथ्यांक अपलोड गरेका छैनन् । तर उनीहरूले एक्सल फाइल भने इमेलमार्फत पठाइसकेको चौधरीले रातोपाटीलाई जानकारी दिए । एक्सेल फाइलमा पठाउने जिल्लाहरूमा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया