०६ जेठ २०८३
काठमाडौं- प्रधानमन्त्री बालेन शाहले एकै झड्कामा सर्वोच्च अदालत भित्रको सम्पूर्ण सेटिङ सखाप बनाइ दिएइका छन् । प्रधानन्यायाधीशमा औपचारिक रुपमा डा मनोज शर्माले कार्यभार सम्हालेसँगै सर्वोच्चमा को पछि को प्रधानन्यायाधीश बन्ने भन्दै २०९३ सम्मका लागि तय गरेको रोलक्रम भताभुंग भएको छ । भाग खोसिएपछि र सेटिङ भत्किएपछि न्यायाधीशदेखि कानुनव्यवसायीसम्मले छट्पटिएका छन् । उनीहरु विरोधमै उत्रिए पनि बालेन र रास्वपा हात्ति शैलीले लम्किएसँगै रोलक्रम र परम्परा सबै भत्किएको छ ।
वरीयताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने परिपाटीले ०९३ सालसम्मका लागि प्रधानन्यायाधीश ‘सेट’ गरिसकेको थियो । पुरानै परम्पराअनुसार नियुक्त हुँदा ०८५ कात्तिकसम्म सपना प्रधान मल्ल, ०८५ कात्तिकदेखि ०८८ भदौसम्म कुमार रेग्मी, ०८८ भदौदेखि ०९२ असोजसम्म हरि फुयाँल, ०८२ असारदेखि ०८२ पुससम्म नहकुल सुवेदी र ०९३ असारदेखि ०९३ पुससम्म टेकप्रसाद ढुंगाना प्रधानन्याधीश नियुक्त हुने गरी वरीयता मिलाइएको थियो । अब यो परम्परा भत्किएसँगै कार्यसम्पादनका आधारमा न्यायाधीश नियुक्त हुनेछन् । विगतमा दलहरूले आफ्ना निकटस्थलाई मात्र वरीयतामा अघि राख्ने परम्पराले न्याय सेवा पृष्ठभूमिबाट आएका र राजनीतिक दलसँग नजोडिएकाहरू प्रधानन्यायाधीश नै हुन नसक्ने अवस्था सिर्जना भएको थियो । अब त्यसमा सुधार हुने भएकाले ‘करिअर जज’हरू भने हालको नियुक्तिसँगै सकारात्मक देखिएका छन् । विगतमा जस्तो सरकारको छाया नदेखिएमा न्यायालयमा यो निर्णय प्रणालीले असल परम्पराको सुरुवात गर्नेमा कतिपय आशावादी छन् ।
सबै परम्परा तोड्दै कतिपय न्यायाधीशहरुको असन्तुष्टि चिर्दै प्रधानन्यायाधीश बनेका शर्मा सबैभन्दा लामो समयसम्म पद सम्हाल्ने प्रधानन्यायाधीश हुने भएका छन्। संविधान अनुसार ६५ वर्षे उमेर हदले अवकाशमा नगएको अवस्थामा ६ वर्षको कार्यभार सम्हाल्ने व्यवस्था छ।
शर्मा प्रधानन्यायाधीश हुँदा उनको कार्यकाल कायम रहँदासम्म सर्वोच्च अदालतका ११ जना न्यायाधीशको अवकाश हुनेछन् । उनको कार्यकाल अवधिभरमा सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा, शारंगा सुवेदी, मेघराज पोखरेल र श्रीकान्त पौडेलले अवकाश पाइसकेका हुनेछन् । शर्मा प्रधानन्यायाधीशका अवकाश हुँदा पनि न्यायाधीश हरि प्रसाद फुयाँलको कार्यकाल ३ वर्ष बाँकी रहनेछ ।
अहिलेको परिवर्तित पृष्ठभूमिमा रहेर न्यायालयमा देखिएका विकृति हटाउनुपर्ने चुनौती शर्मा सामु छ । प्रधानन्यायाधीशमा सिफारिस सँगै हाल वरिष्ठताको आधारमा रहेका न्यायाधीशहरूसँग सौहार्दपूर्ण काम गर्ने वातावरण बनाउने चुनौती शर्मालाई देखिन्छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया