०४ असार २०८३
काठमाडौं- विश्वकपले यतिखेर पुरै दुनियाँलाई फुटवलमय बनाइ दिएको छ। नेपालमा पनि यसको सरगर्मी चड्दै गर्दा हामी विश्वकपका केहि रोचक पक्षहरु तपाईहरुलाई सुनाउँदै छौ ।
जहाँ खेल सुरु भएको ११ सेकेन्डमा गोल भएकोदेखि ५६ सेकेन्डमा खेलाडीलाई रेड कार्ड दिएकोसम्म रेकर्ड छ । सन् १९३० देखि हालसम्म आइपुग्दा विश्वकप फुटबलमा धेरै रेकर्ड बनिसकेका छन्। त्यसमध्येका केहि रोचक तथ्यहरु हेर्नुहोस् ।
११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
विश्वकपको इतिहासमा सर्वाधिक छिटो गो सन् २००२ को विश्वकपमा भएको थियो । टर्कीका हाकान सुकुरले मात्र ११ सेकेण्डमा गोल गरेका थिए । दक्षिण कोरीया विरुद्धको त्यो गोल विश्वकपको इतिहासमा सबै भन्दा छिटो भएको गोल हो ।
यस्तै विश्वकपमा छिटो रेड कार्ड पाउने दुर्लभ किर्तीमान उरुग्वेका डिफेन्डर जोस बाटिस्टाको नाममा रहेको छ । उनले स्कटल्याण्ड विरुद्धको खेलमा मात्र ५६ सेकेण्डमा रातो कार्ड पाएका थिए । जुन अहिलेसम्म कायमै छ ।
एकै खेलमा एकै खेलाडीले गरे ५ गोल
रसियन स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुन विरुद्धको खेलमा ५ गोल गरेका थिए । जुन रेकर्ड अहिलेसम्म कायमै रहेको छ । सो खेलमा रसिया ६–१ ले विजयी हुदा सालेन्कोको ५ गोल थियो ।
एउटै खेलमा १० गोल
एउटा विश्वकपको धेरै गोल भएको खेलमा पर्छ हङगेरी र एल साल्भाडोर । सन् १९८२ को विश्वकपमा हङगेरीले साल्भाडोरलाई १० गोल गरेको थियो । जुन अहिलेसम्म तोडिन सकेको छैन ।
एउटै खेलाडीले गरे १३ गोल
विश्वकपको इतिहासमा एउटै खेलाडी एकै एकै विश्वकपमा १३ गोल गरेको रेकर्ड छ । जुन रेकर्ड फ्रेन्च स्ट्राइकर जुस्टो फोन्टेनीको नाममा रहेको छ । उनले ६ खेलमा १३ गोल गरेर रेकर्ड कायम राखेका छन ।
यसबाहेक विश्वकपमा सबभन्दा बढी गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ कोल्जको नाममा छ। उनले १६ गोल गरेका थिए। अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लगातार ६ संस्करणको विश्वकप खेलेर कीर्तिमान बनाएका छन् । दुवै खेलाडीले सन् २००६ देखि लगातार विश्वकप खेलिरहेका छन्। सन् १९३० देखि हालसम्मका सबै संस्करण खेलेको राष्ट्र ब्राजिलमात्रै हो। ब्राजिलले २२ वटा संस्करणमा ११४ खेले खेलेको ब्राजिलले पाँच पटक उपाधी जितेको छ।
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
प्रतिक्रिया