१२ जेठ २०८३
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ ९बर्डफ्लु० पुष्टि भएको छ ।
नगरपालिकाको वडा नं। २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्य भइरहेको बताए ।
रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन ९डिस्पोज० गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ । बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।
नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ ।
यस्तै, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा सङ्क्रमण फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ ।
रोग नियन्त्रणका लागि फार्मको जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नगरपालिकाले फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ को व्यवस्था गर्न र फार्मभित्र प्रवेश गर्दा छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ ।
फार्म परिसरलाई दैनिक रूपमा निसंक्रमण गर्न र फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य जनावरलाई प्रवेश गर्न नदिन समेत भनिएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य पदार्थहरूलाई राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न सूचित गरेको छ ।
यदि कसैको फार्म वा घरपालुवा पंक्षीहरू अचानक धेरै संख्यामा बिरामी परेमा वा मरेमा, त्यसलाई जथाभाबी नफ्याँकी सुरक्षित तवरले खाडलमा गाड्न र तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
‘सतर्क बनौँ, बर्डफ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔँ’ भन्ने आह्वानका साथ गोकर्णेश्वर नगरपालिकाले यस महामारीलाई नियन्त्रणमा लिन आम जनसमुदाय र सरोकारवालाहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छ । सङ्क्रमण देखिएका क्षेत्रमा प्राविधिक टोली खटाइएको र स्थिति नियन्त्रणमा लिन नगरपालिका प्रतिबद्ध रहेको नगरपालिकाले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया