०८ असार २०८३
काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो ।
गत आव २०८१र८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।
गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो ।
त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो ।
तर, चालु आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।
कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ ।
तथ्यांक अनुसार बासमती चामल आयात गत वर्षको ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ ९६६ हजार ३ सय ९७ टन( बाट वृद्धि भई चालु आव ७ अर्ब ८६ करोड ३१ लाख ९६७ हजार ६ सय ६७ टन) पुगेको छ ।
त्यसैगरी अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख ९१ लाख ५६ हजार २ सय ६१ टन ( रहेकोमा यस वर्ष बढेर ११ अर्ब ८ करोड ८४ लाख ९१ लाख ७१ हजार ५४ टन) पुगेको छ ।
यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ ।
यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ । गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको छ । त्यस्तै ब्राउन राइस आयात पनि ४।३५ टनबाट बढेर ७।०७ टन पुगेको छ ।
गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो । तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया