२८ वैशाख २०८३
काठमाडौं- जेनजी आन्दोलनमा कुटिएका, पार्टीबाट सम्पूर्ण रुपमा बडारिएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनी पत्नी आरजु राणा पक्राउ पुर्जी जारी भएसँगै हङ्कङमै भूमिगत बनेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २५ गते पक्राउ पुर्जी जारी गरेलगत्तै सम्पर्कविहीन बनेका उनीहरु हंङकङमै लुकेर बस्दै आएका छन् ।
चुनवाको मुखैमा देउवा गत फागुन १३ गते सिंगापुर उडेका थिए भने आरजु त्यसको एक साताअघि नै भारत गएर उतैबाट सिंगापुर गएकी थियन। सिंगापुरबाट चैत ७ गते देउवा दम्पती हङकङ पुगेका थिए । त्यहाँबाट स्वदेश नफर्किएका उनीहरुलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ । हङकङमा रहेको सूचना आएपछि विभागले रेड नोटिस जारी गर्नका लागि प्रक्रिया मिलाउन नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा प्रहरीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई पत्र लेखेको थियो । तर, कागजात नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी गर्न अस्वीकार गरेको थियो । माग भएबमोजिमको कागजात मिलाएर प्रहरीले दोस्रोपटक रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको छ ।
नेपाल प्रहरीका उच्च अधिकारीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पुनः पत्राचार भएको स्वीकार गरे । दोस्रो पटक इन्टरपोललाई पत्र पठाएर प्रहरी देउवा दम्पतीलाई पक्राउ गर्न सक्रिय भएको छ । पहिलो पटक कागजात नपुगेको भनेपनि अब भने सम्पूर्ण डकुमेन्ट पठाएकाले इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्नेमा प्रहरीका उच्चअधिकारीहरु ढुक्क देखिएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र राणाको सम्पत्तिका सम्बन्धमा छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा उनीहरूको बुढानीलकण्ठस्थित निवासबाट प्रदर्शनकारीले पैसा फेला पारेको भिडियो सार्वजनिक गरेका थिए । निवाससँगै पैसा जलेको भिडियो पनि सार्वजनिक भएको थियो । देउवाले उक्त भिडियो ‘फेक’ भएको दाबी गरे पनि विभागले विस्तृत अनुसन्धान गरी सत्यतथ्य जाँच गरेको थियो । विभागले देउवाको घरमा भेटिएको पैसा र त्यससम्बन्धी सार्वजनिक भिडियो ‘फेक’ नभएको निष्कर्ष निकालिसकेको छ।
अनुसन्धानपछि विभागले काठमाडौं जिल्ला अदालतसँग उनीहरूविरुद्ध पक्राउ अनुमति माग गरेको थियो । अदालतले त्यही वेला उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । विभाग स्रोतका अनुसार देउवाको नाममा भौतिक सम्पत्ति देखिँदैन । तर, उनकी पत्नी राणा र छोरा जयवीरसिंह देउवाको नाममा भने मुलुकभर ११५ रोपनी आठ आना जग्गा रहेको देखिन्छ । जसमध्ये आरजुको नाममा ३९ रोपनी १५ आना र जयवीरको नाममा ७५ रोपनी नौ आना जग्गा छ । विभागका अनुसार राणाको नाममा डडेलधुराको खलंगा, कैलालीको धनगढी, मकवानपुरको हेटौँडा र बर्दियाको ढोडरीमा जग्गा छ । त्यस्तै, जयवीरको नाममा काठमाडौंको बुढानीलकण्ठ, कास्कीको ढिकुरपोखरी, कञ्चनपुरको कृष्णपुर र बर्दियाको ढोडरीमा जग्गा छ । जयवीरको नाममा रहेको अधिकांश सम्पत्ति ०७४ देखि ०७८ मा नामसारी भएको देखिन्छ । तर, उनको आम्दानीको स्रोत भने देखिँदैन ।
विभागका अनुसार देउवादम्पती र छोरा जयवीरको बैंक खाता तथा उनीहरूको कारोबारका सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । तर, देउवाको बैंक खातामा ठुलो कारोबार खासै भएको देखिँदैन । तर, पत्नी राणा र छोरा जयवीरको खातामा भने अस्वाभाविक कारोबार भएको देखिएको छ । सम्पत्ति शुद्धिकरण विभागले उनीहरूका नाममा रहेका सबै खाता र कारोबारको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया