२९ मंसिर २०८२
काठमाडौं - सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया