२३ असोज २०८२
काठमाडौं- पोर्चुगालका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो व्यावसायीक जीवनमा एक अर्ब डलर भन्दा बढि कमाउने पहिलो फुटबल खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनका अनुसार, रोनाल्डोले फुटबलबाट मात्रै ६५ करोड डलर तथा बाँकी प्रायोजनबाट कमाएर जीवनमा एक अर्ब डलर भन्दा बढि रकम जोडेका हुन् ।
खेलकुदबाट मात्रै एक अर्ब डलर भन्दा बढि आम्दानी गर्ने उनी तेस्रो सक्रिय खेलाडी हुन् । यस अघि अमेरिकी व्यवसायिक बक्सर फ्लोयड तथा गल्फ खेलाडी टाइगर उडले यो सुचिमा आफ्नो नाम अटाइसेका छन् । रोनाल्डोलाई बहुउद्देशीय कम्पनी नाइकीले आजीवन प्रायोजन गरेको छ ।
फोर्ब्सका अनुसार उनी इटालीको युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख बिस हजार वटा जर्सी बिक्रि भएको थियो । जसबाट क्लबले एकै दिनको अन्तरालमा ६० लाख डलर आम्दानी गरेको थियो । यो वर्ष धेरै कमाउने खेलाडीको सुचिमा भने रोनाल्डो दोस्रो रहे । यो वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी टेनिस स्टार रोजर फेडेरर भएका छन् ।
फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियर भर ६० करोड पाँच लाख डलर कमाएका छन् ।
पाँच वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई
बैंक खातामा निष्क्रिय रकम राज्यले खोस्ने, कति छ बैंकहरुमा थुप्रिएको निष्कृय रकम
श्रम कार्यालयमा असुली धन्दा बन्द, अब आवेदन दिएकै दिन श्रमस्विकृति दिइने
को–को छन् बालेनको सचिवालयमा ?
इलामको बागखोरमा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, हट्यो टोकन प्रणाली
सर्वोच्चमा ओली पत्नी राधिकाको निवेदन
अपार्टमेन्टमा बसिरहेका बेला समातिएका थिए ऊर्जामन्त्री खड्का
केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी
पक्राउ परेका ओली अस्पतालमै बस्ने, अदालत खुलेपछि कानुनी उपचारमा जाने
प्रतिक्रिया