१३ कात्तिक २०८२
काठमाडौं - राजनीतिक दलहरु र जेनजीका प्रतिनिधिहरुलाई पहिलो पटकसँगै राखेर वार्ता गरेकी प्रधानमन्त्री सुशिला कार्कीले दलका नेताहरुको सात्तो खाएकी छिन् । बुधबार बालुवाटारमा भएको छलफलमा आफ्नो धारणा राख्दै उनले हिजो थन्क्याएका सबका सब फाइल खोल्ने मात्रै होइन भ्रष्टाचारी कसैलाई नछाड्ने चेतावनी दिएकी छिन्। यदि भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि लगेर खोरमा थुन्ने दृढता ब्यक्त गरेकी उनले उनले नेताहरुलाई भनेकी छिन्– हेर्दै जानुहोस्, हामीले के के गर्दै छौं? देखाइ दिन्छौ ।
प्रधानमन्त्री कार्कीले छलफलका क्रममा यो सरकारलाई विदेशीको इसारामा चलेको भनेर गलत भाष्य निर्माण गर्न खोजेको भन्दै आक्रोश पोखेकी छिन् । कोही विदेशीले आएर यसो गर र त्यसो नगर नभनेको प्रष्ट पार्दै उनले सिंहदबार बाहेक बालुवाटारमा समेत राजदुतहरु नभेटेको प्रष्टिकरण दिएकी छिन्।
राजनीतिक दलहरु र जेनजीका प्रतिनिधिहरुको छलफलमा निकै आक्रामक देखिएकी प्रधानमन्त्री कार्कीले समापन मन्तव्यमा के के भनिन ?
म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान थियौं। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, यो मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भनिन् ।
जेन–जी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भनिन् । प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रूनु पनि भयो। मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।
हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौं। बोलेको पु¥याउँछौं।
हामी चुनावमा केन्द्रित छौं। प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौं। कामको प्रगति विवरण लिन्छौं। समस्याहरू फुकाउन लागिपरेका छौं। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौं, आत्मविश्वास उठाउँदै छौं। प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।
३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौं? तर हामी मनोबल उठाउन लागेका छौं, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौं।
अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।
हामी राजदूत सिंहदरबारमा भेट्छौं, बालुवाटारमा भेटेका छैनौं। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।
अर्को कुरा, यहाँ के अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौं। हामी रोकिँदैनौं। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौं।
यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।
कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरै कुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने।
मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।
म पहिलादेखि लडाकू हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकू स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौं। भनेको पु¥याउँछौं।
अनिलकुमार सिन्हाजी लाई अनुरोध गरेर मन्त्री बनाएको हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले के के गर्दै छौं? हिजो थन्क्याएका फाइल खुलाउँदै छौं। कति त समातिइसकेका छन्। कतिलाई समात्दै छौं।
यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौं।
जेनजीलाई अघि राखेर नेताको सातो खाइन सुशिलाले, ५ घण्टाको छलफलपछि भनिन्- हेर्दै जानुस के के गर्छौ ?
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन
निजामतिको गेटमा नर्सहरूको धर्ना
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
सुशिलाको साथपछि फेरि सुकुम्बासी हटाउन अघि बढे बालेन, खालि गर्न दिए ७ दिने अल्टिमेटम
कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
ओली र माधव मिल्दा माओवादी र समाजवादी फुट्दै, झलनाथ र घनश्यामले मागे राजीनामा
बालुवाटारमा नेताहरुको सात्तो खाइन सुशिलाले, भ्रष्टचारको फाइल खोल्दै सबलाई थुन्ने
प्रतिक्रिया