२६ चैत २०८२
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव रोकिने भएको छ । उच्च अदालत पाटनले तत्कालका लागि साधारण सभा र चुनाव रोक्न आदेश दिएको हो ।
बिहीबार उच्च अदालत पाटनका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ सहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारिणी समिति, महासङ्घको सदस्यता समिति र महासङ्घको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।
यस मुद्दामा चैत्र २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। आज चैत्र २६ गते सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी भएको हो ।
आगामी आइतबार र सोमबार ९चैतको २९ र ३० गते हुने महासङ्घको ६० औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया