०३ वैशाख २०८३
काठमाडौं - धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै भोलि९वैशाख ४० गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
मेयर गोपाल हमालले बिहीबार एक सूचना जारी गर्दै भोलिदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
संघीय सरकारको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले चैत २६ गते पत्राचार गरेर भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने भनेर सबै स्थानीय तहमा पत्राचार गरेको मेयर हमालले सूचनामा उल्लेख गरेका छन् ।
तर उपमहानरका सरोकारवालाबाट वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन गर्दा विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको सूचनामा भनिएको छ ।
सोही सुझावका आधारमा नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया