०९ असार २०८३
काठमाडौं- राजा ल्याउँछु भन्दै तिनै राजालाई चिड्याएका, पार्टीलाई नै झन्डै निलको अवस्थामा पुर्याएका र पार्टीबाट नेताहरुलाई निस्किन बाध्य पारेर शासन चलाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खुुलेयाम रुपमा नेता ज्ञानेन्द्र शाही भिड्न थालेका छन् ।पार्टी भित्रको आन्तरिक कलह विस्फोटको तहमा पुग्दै गर्दा नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष लिङ्देनलाई बातै पिच्छे ठिस हान्न थालेका छन् ।
चितवनमा जारी रास्वपाको महाधिवेशनमा निम्ता मान्न पुगेका अध्यक्ष लिङ्देनले राप्रपाका मतदाताले बालेन शाहले राजा फर्काउँछन् भनेर रास्वपालाई भोट हालेको दाबी गरेका थिए। तर अध्यक्षको यो दाबीलाई उनकै पार्टीका नेता ज्ञानेन्द्र शाहीले वाइह्यात भन्दै कडा जवाफ फर्काएका छन्। उनले रास्वपाको भोटलाई मेरो भन्दै र्याल नचुहाउन लिङ्देनलाई चेतावनी समेत दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता शाहीले अध्यक्ष लिङ्देन र जनमत पार्टीका अध्यक्ष सीके राउतको तर्कलाई लक्षित गर्दै लेखेका छन, जनता कसैका दास होइनन्। शाहीले फुटबलको उदाहरण दिँदै चुनावको भोट र फुटबलको गोल कसैको निजी सम्पत्ति नहुने र जसले राम्रो खेल्यो गोल उसैको हुने भन्दै रास्वपाको जनमतलाई स्वीकार गर्न नेतृत्वलाई चेतावनी दिएका छन्।
शाहीले स्पष्ट भनेका छन आज चितवनमा केही नेताहरूले मेरो भोट हाम्रो भोट भनेछन्। तर सत्य के हो भने त्यो भोट रास्वपाकै हो। यो चुनावमा जनताले रास्वपालाई मौका दिएका छन्, त्यसैले हामी सबैले स्विकार्नुपर्छ। जनमतभन्दा ठुलो कुरा केही छैन।
यो केवल एउटा फेसबुक स्टाटस मात्र होइन राप्रपाभित्र चुलिँदै गएको शक्ति संघर्षको एउटा कडा पराकम्प हो। केही दिन अघि मात्रै शाहीले अध्यक्ष लिङ्देनले नैतिकताका आधारमा राजीनामा दिएर विशेष महाधिवेशनमा जानुपर्ने माग राखेका थिए। त्यसको राप र ताप सेलाउन नपाउँदै शाहीको यो पछिल्लो टिप्पणीले राप्रपाको संस्थापन पक्षलाई झन दवाब परेको छ ।
पार्टी प्रवक्ता जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रूपमै अध्यक्षको दाबीलाई खारेज गरिदिनुले राप्रपाभित्र नेतृत्वप्रति तीव्र असन्तुष्टि रहेको पुष्टि गर्छ। लिङ्देनले आफ्ना मतदाता अर्कैको भ्रममा परेर गएको भन्दै कार्यकर्ताको अपमान गरेको शाहीको बुझाइ देखिन्छ । यसले राप्रपाभित्र लिङ्देनको पकड कमजोर हुँदै गएको र शाहीले आफूलाई वैकल्पिक नेतृत्वको रूपमा अघि सार्न खोजेको संकेत पनि गरेको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया