१७ वैशाख २०८३
काठमाडौँ - बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् ।
प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन उक्त कार्यक्रममा सहभागी हुने तय भइसके पनि बुधबार अचानक उनी सहभागी हुन नसक्नेबारे जानकारी प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
कोषका सदस्य श्याम रोक्काका अनुसार व्यस्तताका कारण प्रधानमन्त्री बालेन बुद्ध जयन्ती समारोहमा सहभागी हुन नसक्ने भनेर जानकारी आएको हो । प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्री लुम्बिनी जाने कार्यक्रम नभएको पुष्टि गरिन् ।
प्रधानमन्त्री सहभागी नहुने भएपछि कोषले सभामुख डोलप्रसाद अर्याललाई प्रमुख अतिथि बनाउने भएको छ । सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार सभामुख अर्याल आजै लुम्बिनी पुग्ने कार्यक्रम छ । सभामुख अर्याल भोलि आयोजना हुने बुद्ध जयन्ती समारोहमा सहभागी हुने उनले जानकारी दिए ।
प्रधानमन्त्री बालेनको व्यस्ततालाई देखाएर कार्यक्रममा सहभागी हुन नसक्ने भनिए पनि निकट स्रोतले कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग मञ्च ‘सेयर’ गर्न नचाहेर कार्यक्रममा नजाने निर्णयमा पुगेको दाबी गरेको छ । लामा विगतदेखि नै विवादमा तानिएका पात्र हुन् ।
स्रोतका अनुसार उक्त कार्यक्रममा सहभागी हुन यसअघि राष्ट्रपति रामचन्द्र पौडेल इच्छुक थिए । यद्यपि प्रधानमन्त्री बालेन शाहलाई नै कोषले निम्त्याउन चाहेका कारण राष्ट्रपति प्राथमिकतामा परेनन् । प्रधानमन्त्री बालेन सहभागी नहुने जानकारी आएपछि कोषले राष्ट्रपतिलाई निम्त्याउन चाहेको थियो ।
यद्यपि राष्ट्रपतिले समेत व्यस्तताका कारण देखाएर सहभागी हुन नसक्ने जनाएपछि सभामुखलाई प्रमुख अतिथि बनाइएको स्रोतको दाबी छ ।
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
भूपेन्द्र भण्डारी : प्राधिकरणको पुर्व अध्यक्ष, स्मार्ट सेल लगाएत काण्डै काण्ड छानबिनबाट बाहिर किन ?
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
प्रतिक्रिया