०४ असार २०८३
काठमाडौं- जुकाले चुसेजसरी कांग्रेस एमालेका नेता कार्यकर्ताले चुसेर सिध्याएका, दशकौँदेखि खिया लागेर थन्किएका सरकारी उद्योगहरू अब धमाधम सञ्चालनमा आउने भएको छन्। त्यसको सुरुवात बालेन शाह नेतृत्वको सरकारले हेटौंडा कपडा उद्योगबाट गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले संसदको रोष्टममै उभिएर जिर्ण अवस्थामा रहेका सरकारी उद्योगहरूमध्ये सबैभन्दा पहिले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता मात्रै गरेकी छैनन् यहि वर्षबाट सञ्चालन गर्नेगरी तयारी भइरहेको समेत खुलासा गरेकी छिन् । मन्त्री गौरी कुमारीका अनुसार सरकारले हेटौंडा कपडा उद्योगका साथै बुटवल धागो र कपास खेतीलाई एकीकृत रूपमा सञ्चालन गर्ने तयारि गरेको छ।
सरकारले केवल उद्योग मात्र होइन कच्चा पदार्थमा आत्मनिर्भर बन्ने रणनीति पनि बनाएको छ । कपडा उद्योगलाई आवश्यक पर्ने धागो र कपासका लागि बुटवल धागो कारखाना र कपास खेतीलाई एकैसाथ अघि बढाइने तयारि गरेको छ । उद्योग संचालनका लागि उद्योग मन्त्रीले आफैँ स्थलगत अवलोकनमा गएर, विज्ञहरूको सुझाव लिएर यो मोडालिटी तयार पारेकी हुन्। हाल ७ वटा ठूला सरकारी उद्योगहरूको सम्पत्ति र दायित्व मूल्याङ्कनको प्रक्रिया अर्थ मन्त्रालयमार्फत अगाडि बढिसकेको छ । सोही मूल्याङ्कनका आधारमा उपयुक्त लगानी र व्यवस्थापनको मोडेल तयार गरी उद्योगहरूलाई पूर्ण क्षमतामा चलाइने मन्त्री कुमारिको दावी छ।
सरकारले सञ्चालनको घोषणा गरेको हेटौँडा कपडा उद्योगका भवनहरू जीर्ण अवस्थामा छन् । १ सय ९२ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग चलेको समयभन्दा बन्द भएको समय धेरै भइसकेको छ। २२ चलेको उद्योग बन्द भएको नै २५ वर्ष नाघिसकेको छ । २०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो। २०३५ माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो। स्थानीयका अनुसार, हेटौँडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा उपभोक्ताले तँछाडमछाड नै गर्थे। तर, २०५० सालपछि जब उद्योगमा राजनीतिले प्रवेश पायो, त्यसपछि उद्योगको दुर्गति सुरु भएको उद्योगी बताउँछन्। ट्रेड युनियनको नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्ती केन्द्र बनाउँदा बन्द गर्नुपर्ने अवस्थामा पुग्यो। काम गर्ने भन्दा कार्यकर्ता सेटल गर्ने थलोका रुपमा उद्योगलाई प्रयोग गर्दा नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्णरुपमा बन्द भयो। सरकारले २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय नै गरेको थियो। २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढायो। उद्योग बन्द भएसँगै सयौँको रोजगारी त खोसियो नै, सरकारले सबैभन्दा धेरै नाफा गर्ने, नेपाली कपडालाई विश्व बजारमा ब्रान्डिङ गर्ने उद्योगको अस्तित्व मेटियो।
२०५७ माघ १८ गते उद्योग बन्द भएको यो उद्योगमा २५ वर्षदेखि ताला लागेको छ । भवनहरु भग्नावशेषजस्ता बन्दै गएका छन् । विद्युतीय प्रणाली ध्वस्त बनेको छ। मेसिनमा धागो कुहिएर बसेका छन्। मेसिनमा अड्किएका कपडा त्यहीँ सडेका छन्। बाहिरबाट हेर्दा उद्योग क्षेत्र खण्डहर देखिन्छ। उद्योग परिसरमा सशस्त्र प्रहरीको गण स्थापना गरेकाले सरसफाइमा केही सुधार देखिए पनि भवन दिनानुदिन जीर्ण बन्दै गएका छन्। हरेक वर्षको बजेटमा बागमती प्रदेशको राजधानी हेटौँडा–८ स्थित हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको बन्द उद्योगलाई सञ्चालन गरिनेछ भनेर घोषणा गरिँदै आएको भए पनि उद्योग पुनर्जीवन पाउन सकेको छैन् ।
राजनीतिको सिकार बनेर बन्द भएको हेटौँडा कपडा उद्योग बालेन सरकारले सञ्चालनमा ल्याएको अवस्थामा राज्यले अर्बौ कमाउने मात्रै होइन विश्व बजारमा नेपाली कपडालाई ब्रान्डिङ गर्ने अवसर समेत मिल्नेछ । बालेन सरकारको यो कदमले रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा सहज ल्याउने छ । यसै वर्ष उद्योग चल्ने मन्त्रीको घोषणाले आम जनतामा भने उत्साह जगाएको छ ।
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
प्रतिक्रिया