२७ भदौ २०८२
काठमाडौ - नयाँ नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै व्यवस्थापन गरिने भएको छ । संहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजना रहेको स्रोतले जानकारी दियो ।
सिंहदरबारको रामशाहपथ तर्फको मूल प्रवेशद्वार पूर्णरुपमा क्षतिग्रस्त भएको छैन । प्रधानमन्त्री कार्यालयबाहेक अन्य मन्त्रालय सरसफाइ गरेर काम गर्न सकिने अवस्थामा छन् । अहिले मुख्य सचिवले केही सचिवहरुसहित सिंहदबारमा भएको क्षतिको अनुगमन गरिरहेका छन् । प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्नेबारे उनले गृहकार्य गरिरहेको स्रोतले बताएको छ ।
बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने निक्र्यौल भएको छैन । सबै कुरा मिले आजै नै शपथ गराइने स्रोतको दावी छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया