०८ चैत २०८२
काठमाडौं - गृह मन्त्रालयले नेपाली मुलका विदेशी नागरिक र गैरआवासीय नेपालहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमनमा छुट्टै डेस्क राख्ने भएको छ ।
अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै छुट्टै डेस्क राख्न निर्देशन दिएको हो । अब जुनसुकै देशका नागरिक भएपनि नेपाली मूलको रहेछ भने विमानस्थलमा विदेशीहरूको लाइनमा बस्नुपर्ने छैन ।
‘विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका गैरआवासीय नेपाली ९एनआरएन० र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषारसंस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन, तथा नेपालमा पर्यटन र लगानी प्रबर्द्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यले एनआरएन र नेपाली मूलका विदेशी नागरिकहरुका लागि तहाँ कार्यालयको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ अध्यागमनको पत्रमा छ ।
एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० को पदाधिकारीहरूले डेढ साता अघि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी छुट्टै डेस्क राख्न माग गरेको थियो ।
‘विश्वका जुनसुकै मुलुकमा बसेपनि वा जुनसुकै मुलुकको नागरिक भए पनि नेपाली मूलका मानिसहरु आफ्नो मातृभूमि, पितृभूमिप्रति अगाध माया र सम्मान व्यक्त गर्दछन्’, एएनओको माग थियो,’उनीहरुलाई नेपाल भूमि प्रवेश गर्दा वा प्रस्थान गर्दा नेपाल सरकारको तर्फबाट आत्मीय स्नेह प्राप्त गर्न छुट्टै डेस्क स्थापना होस् ।’ ।
उक्त मागलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मन्त्रिस्तरीय निर्णयबाट डेस्क स्थापना गर्ने निर्णय गरेका हुन् ।
‘हालसम्म नेपाली मूलका नागरिकहरुलाई नेपाल देशले कुनै पनि विषयमा सम्बोधन गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री श्री अर्याल र गृहमन्त्रालयले आइतवार गरेको निर्णयले विश्वभरका नेपाली मूलका नागरिकहरुले सम्मानित भएको महसुस गरेका छन्’, एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी विज्ञप्तिमा छ,’ नेपालसँग नेपाली मूलका मानिसहरुलाई जोड्ने एएनओको अभियानका लागि यो निर्णयको कार्यान्वयनले सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया