०६ भदौ २०८२
काठमाडों- नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेर बिक्री गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–५, पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले चितवनबाट बुधबार पक्राउ गरी अनुसन्धानका लागि बुटवल ल्याएको हो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हुन्।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र निर्माण र बिक्रीमा संलग्न भएको आशंकामा अनुसन्धान सुरु गरिएको छ।
यसअघि साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न गएका भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई प्रहरीले त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित पक्राउ गरेको थियो।
प्रारम्भिक अनुसन्धानपछि यादवले दिएको बयानको आधारमा कँडेलको संलग्नता देखिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको एसपी क्षेत्रीले जानकारी दिएका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया