२२ जेठ २०८३
काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका २३ सहकारीका २४९ सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । सहकारीको रकम अपचलन गर्ने, तर बचतकर्ताको रकम फिर्ता गर्न अटेर गरेपछि समितिले उनीहरूको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो ।
समितिले विवरण सार्वजनिक गरिएका सबै सञ्चालकलाई यथाशक्य चाँडो सम्पर्क आउन र हिसाब मिलान गर्न भनेको छ । विवरण सार्वजनिकपछि पनि सम्पर्कमा नआउने सञ्चालकको नामावली कालोसूचीमा चढाउने तयारी समितिको तयारी छ । साथै, सञ्चालकहरूका नाताभित्र रहेकाहरूको समेत सम्पत्ति छानबिन पनि हुनेछ । कैफियत देखिए सबैको सम्पत्ति जफत गरिने र बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गरिने समितिले जनाएको छ ।
समितिका सदस्यसचिव रविन ढकालले हिसाब मिलान गर्न नआउने सहकारीका सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गरिएको बताए । ‘समितिले २३ सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकको बैंक खाता, राहदानी मात्र नभई सम्पत्तिसमेत रोक्का गरिएको छ । तैपनि उहाँहरू हिसाब मिलान गर्न आउनुभएन । त्यसैले तीनपुस्ते विवरण सार्वजनिक गरिएको हो । उहाँहरूलार्ई अहिले पनि हिसाब मिलान गर्न आउन भनिएको छ । यदि नआएमा अब भने कानुनले दिएको अधिकार प्रयोग गरी कारबाही प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।
समितिका अनुसार २३ सहकारीको मात्रै बचत फिर्ता मागदाबी भएको रकम ४५ अर्ब नाघेको छ । रकम मागदाबी अनलाइनमार्फतबाट पनि भइरहेको र त्यसको समेत विवरण जोड्दा ५५ अर्ब पुग्ने समितिले जनाएको छ । तर, सञ्चालकबाट अहिले दैनिक एक करोड रुपैयाँको दरमा मात्रै रकम संकलन भइरहेका छन् । यो रकमले बचतकर्ताको माग धान्न सक्दैन । सोही कारण कडा कदम चाल्न लागिएको ढकालले बताए । ‘बचतकर्ताले मागदाबी गरेको रकम ४५ अर्ब नाघिसकेको छ । अनलाइनबाट आइरहेको विवरण जोड्दा ५५ अर्ब नाघ्ने देखिन्छ । हाल दैनिक एक करोडको हाराहारीमा मात्रै संकलन भइरहेको छ । यसले बचतकर्ताको माग सम्बोधन नगर्ने भएकाले कानुनले दिएको अधिकार प्रयोग गरी कडा कदम चाल्न लागिएको हो,’ उनले भने ।
समितिले चक्रीय कोषमार्फत बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिसकेको छ । सरकारले चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ समेत जारी गरिसकेको छ । सोही कार्यविधिअनुसार बचतकर्ताको रकम फिर्ता गर्ने तयारी छ । कोषमा सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ निकासा गरेको छ । तर, त्यो रकम अझै पनि समितिको खातामा आइसकेको छैन । समितिले कोषमा जम्मा भएको सोही रकमबाट बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्नेछ । बाँकी ऋणीबाट ऋण असुल्दै दिनेछ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया