१४ वैशाख २०८३
काठमाडौं- कांग्रेस एमाले र तत्कालीन माओवादीको छाहारीमा हुर्किएका र सरकारविरुद्ध नै धावा बोल्ने हैसियत बनाएका सुकुम्बासीलाई अब हर्क साम्पाङले संरक्षण गर्ने भएका छन् ।
२० वर्षभन्दा लामो समयदेखि काठमाडौं उपत्यकामा नदि किनारका जग्गा अतिक्रमण गरेर बस्दै आएका सुकुम्बासीहरुलाई प्रधानमन्त्री बालेन शाहले सो क्षेत्रबाट हटाएको ४८ घण्टा नबित्दै हर्क नेतृत्वको श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्न सुरु गरेको छ । बालेन सरकारले नदि किनारबाट हटाइएका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन प्रक्रिया अघि बढाउँदै गर्दा हर्कले भने तिनलाई उचाल्न सुरु गरेका छन् ।
सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्। नदि किनारबाट सुकुम्बासी हटाउने कुराको विरोध गर्दै हर्कले राजनीतिको रोटी सेक्न सुरु गरेका छन् । उनले भनेका छन्– ‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ,’ हर्कलेले भनेका छन्।
बस्ती खाली गरेपछि उनले लगातार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुकुम्बासीहरूलाई संगठित हुन आह्वान गर्दै त्यसको नेतृत्व श्रम संस्कृतिले लिने बताएका हुन्। बस्ती भत्काउनुअघि विपक्षी अन्य दलहरूले त्यसको विरोध गरे पनि भत्काइसकेपछि भने उनीहरुको धारणा आएको छैन। सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सार्वजनिक, नदीउकास जग्गामा घर, टहरालगायत संरचना बनाएर बसोबास गरिरहेकाहरूलाई हटाइरहेको छ।
काठमाडौंको थापाथली र सिनामंगलका बागमती नदी किनार तथा मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ। त्यहाँका सुकुम्बासीहरूलाई अहिले कीर्तिपुरको सत्सङ भवन र केहीलाई होटलहरूमा राखिएको छ। सुकुम्बासीहरूको विवरण संकलन भइरहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारसम्म सयौं परिवार विवरण दर्ताका लागि गएका छन्। सरकारले सुकुम्बासीलाई नागार्जुनको इचंगुस्थित अपार्टमेन्टमा राख्ने भनेको छ। तर बस्ती भत्काइसकेपछि मात्रै त्यहाँ मर्मत भइरहेको छ।
रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन
श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र
पक्राउको डरले आरजु नेपाल नै नआउने, पासपोर्ट घोटाला प्रकरण हङकङबाटै अख्तियारलाई भनिन्– म आउन सक्दिन
बालेन सरकारले यहि वर्षबाट हेटौडा कपडा उद्योग चलाउने, बजेट छुट्टाएरै उद्योगमन्त्रीले सार्वजनिक गरिन योजना
झापाका चिया उद्योग पनि आजदेखि बन्द, समस्यामा ६० हजार श्रमिक
राहदानी छपाइमा अनियमितता:जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारले बयानमा बोलायो
यी हुन विश्वकप फुटवलका रोचक तथ्यहरु, ११ सेकेन्डमा गोल ५६ सेकेन्डमा रेड कार्ड
पिआरधारी कर्मचारीलाई धमाधम निकाल्दै सरकार, धोकवाज खोज्न चलायो अप्रेशन
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान
विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी
प्रतिक्रिया