०९ माघ २०८२
काठमाडौं- अध्ययन बिदामा विदेश गएर नफर्किने वैज्ञानिकहरूको नाममा सरकारले पूर्जी काटेको छ । राज्य कोषबाट पढ्न विदेश पुगेकाहरु उतै हराएपछि सार्वजनिक सूचना निकालेर खोजी गर्न थालिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्ले अध्ययन बिदा सकिएपछि पनि कार्यालयमा अनुपस्थित सात जना वैज्ञानिक र चार जना कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ । स्पष्टीकरणमा सेवाबाट निकाल्न नपर्ने कारण र प्रमाण पनि उल्लेख गर्न परिषद्ले भनेको छ ।
‘अध्ययनमा रहँदा तपाईँउपर परिषद्ले लगानी गरेको सम्पूर्ण रकम असुलउपर गर्नेगरी नेपाल कृषि अनुसन्धान परिषद्को मिति २०८१–१२–३१ म बसेको ६६ औं बैठकको निर्णयानुसार अध्ययन बिदामा जाँदाको तपसिलमा उल्लिखित मितिबाट नै लागु हुनेगरी नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने रु नगर्नुपर्ने कुनै कारण र प्रमाण भए यो सूचना प्रकाशित मितिले १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन।’,सूचनामा भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्रका वैज्ञानिक अच्युत मिश्र, कृषि अनुसन्धान निर्देशनालयका नविनकुमार टंगाल, राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रका होमन रेग्मी, राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका सञ्जिव गौतम, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका देवराज चालिसे, राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रकी प्रतिष्ठा अधिकारी, राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका दिनेशबाबु मगर रहेका छन् ।
कर्मचारीतर्फ कृषि अनुसन्धान केन्द्रका डा।सुमन कार्की, राष्ट्रिय अनुसन्धान केन्द्रका उज्जवल सुवेदी, राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका अतित पराजुली र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानकी अस्मिता श्रेष्ठलाई स्पष्टीकरणसहित हाजिर हुन भनिएको छ । तोकिएको समयमा नआएमा कारबाही गर्ने चेतावनी दिइएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया