०४ असार २०८३
काठमाडौं- नेपालमा सरकारी जागिर पाउनु भनेको सानोतिनो युद्ध जित्नु सरह मानिन्छ । हजारौँ युवाहरू लोकसेवाको तयारीमा पसिना बगाइरहेका छन्, तर सरकारी सेवामै रहेका केही कर्मचारिहरु भने राज्यको पद ओगटेर विदेशमा पीआर र ग्रीनकार्डको मोजमस्ती गरिरहेका छन् ।
अध्ययन बिदा र असाधारण बिदाको बहाना बनाउने, अनि विदेश पुगेपछि कार्यालयसँग सम्पर्कविहीन हुने भगौडा कर्मचारीहरू अब सरकारको निशानामा परेका छन् । ५ सय २९ जना शंकास्पद कर्मचारीमाथि छानबिन सुरु भएको छ भने पीआर लिएका २ कर्मचारिको जागिर मात्रै होइन, भविष्यकै लागि सरकारी सेवाको ढोका बन्द गरिँदैछ ।
राज्यको ढुकुटीबाट तलब र सुविधा लिने, तर इमानदारिता विदेशी भूमिलाई बुझाउने, निजामती सेवाभित्र मौलाएको यो रोगमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले अप्रेसन थालेको छ । मन्त्रालयले अध्ययन बिदा सकिएपछि पनि हाजिर नहुने र लुकिछिपी विदेशी मुलुकको स्थायी आवासीय अनुमति अर्थात् पीआर लिएका दुई कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी निष्कासनको प्रक्रिया थालेको छ ।
यो त केवल सुरुवात मात्र हो, मन्त्रालयको सूचीमा यस्ता सयौ कर्मचारीहरू छन् । निजामती किताबखानाको तथ्याङ्कले कुल ६ हजार २ सय ३४ कर्मचारीको विवरण अध्ययन गर्दा ५ सय २९ जना गम्भीर शंकाको घेरामा छन् । सबैभन्दा बढि स्वास्थ्य मन्त्रालयबाट २ सय ८७ जना उपचार गर्ने जिम्मा पाएकाहरू नै बेपत्ता छन् ।
कृषि मन्त्रालयबाट ४२ जना,वन मन्त्रालयबाट ३७ जना,ऊर्जा मन्त्रालयबाट २९ जना र सर्वोच्च अदालतबाट १८ जना कर्मचारी भगौडाको सुचिमा परेका छन् । यस्तै प्रधानमन्त्री कार्यालय, अख्तियार र संसद सचिवालयबाट १–१ जना रहेका छन् ।
निजामती सेवा ऐन २०४९ ले भन्छ सेवामा बहाल रहँदा विदेशी पीआर लिनु वा आवेदन दिनु दण्डनीय अपराध हो । तर वर्षौँसम्म बिदा स्वीकृत गराउने र उतै घरजम गरेर बस्ने प्रवृत्तिले एकातिर राज्यको सेवा प्रवाह ठप्प भएको छ भने अर्कोतिर नयाँ आउन चाहने योग्य उम्मेदवारहरूको बाटो थुनिएको छ ।
बिदा सकिएको ३० दिनभित्र हाजिर हुनुपर्ने कानुनलाई धज्जि उडाउदै स्वास्थ्यदेखि परराष्ट्रसम्म, र अदालतदेखि अख्तियारसम्मका कर्मचारीहरू लापत्ता हुनुले हाम्रो प्रशासनिक संयन्त्र कति फितलो छ भन्ने प्रस्ट पारेको छ । तर यति वेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले यि सबैको सल्यक्रिया गर्न एक्सनमा उत्रिएकी छन् ।
सरकारी पदलाई सुरक्षित कवच बनाएर विदेशमा भविष्य खोज्नेहरूका लागि यो एउटा कडा चेतावनी हो । पद ओगटेर बस्ने तर काम नगर्ने प्रवृत्तिका कारण आज देशको सेवा प्रवाह कमजोर बनेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया