१८ वैशाख २०८३
काठमाडौं- सवारी चलाइ रहदा तिरित्त सिठ्ठी फुकेर, चेकिङका नाममा चाबी नै थुतेर, लाइसेन्स र ब्लुबुक नै जफत गरेर ट्राफिक प्रहरीले दुःख दिदै आएका छन् रु अबबाट ट्राफिक प्रहरीले यस्तो हर्कत गरे उनीहरुलाई नै कानुन लाग्ने भएको छ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै चालकको लाइसेन्स ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने ठहर गरेको छ ।
गत पुस ६ गते भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा ट्राफिक प्रहरीले निवेदक र अन्य व्यक्तिको सवारीचालक अनुमतिपत्र, ब्लुबुक, चाबीलगायतका कागजपत्र नियन्त्रणमा लिन कानुनले अनुमति प्रदान नगरेको यस्तो कार्य कानुनविपरीत भएको उल्लेख छ । कानुनका विद्यार्थी विवेक चौधरीले गत ७ कात्तिकमा दायर गरेको रिटमाथि सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐनमा यस्तो कुनै व्यवस्था नरहेको ठहर सर्वोच्चको छ । सवारी नियम उल्लंघन गर्दा जरिवानाको र सो नतिरे पुर्जी दिनेसम्मको व्यवस्था मात्र रहेको भन्दै उक्त इजलासले चालक अनुमतिपत्र वा ब्लुबुक नियन्त्रणमा लिने कार्य विधिको शासनविपरीत हुने निष्कर्ष निकालेको हो । लाइसेन्स नै नियन्त्रणमा लिँदा व्यक्तिको आवतजावत गर्ने, पेसा–व्यवसाय सञ्चालन गर्ने अधिकारमा अनुचित बन्देज लाग्ने फैसलामा छ । साथै कानुनको दृष्टिमा सबै समान हुने र सबैलाई कानुनको समान संरक्षणबाट वञ्चित नगरिने सिद्धान्तको विपरीतको कार्य रहेको न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासको मत छ ।
कानुनले नदिएको अधिकार प्रयोग गरी नागरिकको निजी कागजात नियन्त्रणमा लिनु विधिको शासन र नागरिकको स्वतन्त्रताको हकविपरीत हुने अदालतको ठहर छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया