१३ माघ २०८२
काठमाडौं- रास्वपाका वरिष्ठ नेता बालेन शाह रकेट गतिमा चुनावी अभियानमा दौडिरहदा रास्वपाका सभापति रवि लामिछाने करिब गुमनाम बनेका छन् । बालेनले एक्लै चुनावी कमाण्ड सम्हालिरहदा आखिर रवि कहाँ छन् ? के गर्दै छन् ? किन आफ्नै निर्वाचन क्षेत्रमा समेत देखिरहेका छैनन् ?
माघ ५ गते पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरमा एकै मञ्चमा देखिएका सभापति रवि माघ ६ गते पर्सा जिल्ला अदालत पुगेका थिए । उम्मेदवारी दर्ताको दिन पनि सहकारी ठगीमा जिल्ला अदालत पर्साले एक करोड धरौटी मागेपछि उनले चितवन २ मा उम्मेदवारी समेत प्रतिनिधामार्फत दर्ता गराएका थिए। त्यो दिन उनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका थिए। उनले एक साता अघि मनोनयन दर्ताको दिन सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।
देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यु होइन।
त्यसयता उनी न कुनै सार्वजनिक कार्यक्रममा देखिएका छन् न त पार्टीको कार्यक्रममै। पार्टीको ह्वाट्सएप ग्रुपदेखि फेसबुकसम्ममा उनी गायब छन्। अदालतमा तारेख छँदैछ, उता सर्वोच्च अदालतमा उनको अभियोग पत्रमा रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धमा सुनुवाइ चलिरहेको छ।
पूर्वबाट शनिबार फर्किएका बालेनले पार्टी कार्यालय नगई आफ्नो निजी सम्पर्क कार्यालयमा आफूनिकट उपत्यका र आसपासका उम्मेदवारसँग भेटवार्ता गर्दा सभापति कतै देखिएनन् । मिडियामा छाए र सभापतिलामिछानेसँग भेट नगरी फेरि सुदूरपश्चिमको यात्रामा निस्किएका छन् । व्यापक जनसमर्थन जुटाइरहेका छन् । तर अहँ, सभापति लामिछाने चुपचाप छन् । सार्वजनिक रूपमा देखिएका छैनन् । केही लेखेका छैनन् । कतै बोलेका छैनन् ।
पार्टीको उम्मेदवारको प्रचार अनि आफ्नै निर्वाचन क्षेत्र चितवन २ मा समेत नदेखिएका रवि आखिर छन् कहाँ ? के उनी यही अदालती प्रक्रियामा अल्झिएका हुन् त?
रास्वपाका नेताका नेताहरुका अनुसार सभापति रवि अहिले पार्टीको आन्तरिक काममा केन्द्रीय कार्यालयमै व्यस्त छन्। समानुपातिकदेखि प्रत्यक्षतर्फको उम्मेदवारीमा असन्तुष्ट पार्टीका केही नेताहरूसँगको छलफल र पार्टीको वाचा पत्र निर्माणमा केन्द्रित छन्। पार्टीका काम र व्यक्तिगत काममा व्यस्त उनी घर, पायक पर्ने स्थान र पार्टी कार्यालयमा पुगिरहन्छन् । शुभेच्छुक, कार्यकर्ता–नेतासँग निरन्तर संवादमा रहेको उनको सचिवालयले जानकारी दिएको छ । उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पार्टीको ‘वाचापत्र’ तयारी हुँदै छ । जनतामाझ जान के–के एजेन्डा तय गर्ने भन्ने उक्त कार्यका लागि पनि लामिछानेले समय दिइरहेको सचिवालयले जनाएको छ।
पार्टीको आन्तरिक काममा व्यस्त भएको भनिए पनि अहिलेसम्म रास्वपाले औपचारिक रूपमा निर्वाचनको रणनीति सार्वजनिक गरेको छैन। उसले चुनावी कमान्डर समेत तोकेको छैन। तर भावी प्रधानमन्त्रीमा अगाडि सारेपछि बालेन नै अहिले चुनावको प्रचारमा खटिएका छन्। तर, पूर्वबाट बालेन सुदुरपश्चिम पुग्दासम्म पनि कहिकतै नदेखिएका रविको गुप्तबास र मौनतालाई रहस्यम रुपमा हेरिएको छ। कतै भित्र भित्रै केहि त पाकिरहेको छैन भन्ने आशंका समेत उब्जाएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया