०६ वैशाख २०८३
काठमाडौं- सिंहदरबारमा यस्ता दृष्यहरु देखिरहेका छन् जुन बिगतमा कहिल्यै नदेखिएको थिएन । विगतका प्रधानमन्त्रीहरूले सुति सुति बालुवाटारबाटै शासन चलाउन खोज्दा र पार्टीको काम अघि बढाउदा सुस्ताएको सिंहदरबारमा यसपटक चहलपहल मात्र बढेको छैन, प्रशासनिक कार्यमा समेत नयाँ रक्तसञ्चार भएको छ ।
प्रधानमन्त्री शाह बिहान प्रायः पौने ९ बजे नै सिंहदरबार प्रवेश गर्छन् र साँझ ५ः३० बजेसम्म मन्त्रालय एवं सचिवालयकै काममा व्यस्त रहन्छन् । उनले प्रधानमन्त्री कार्यालयमा एउटा कडा नियम बनाएका छन्– राजनीतिक गफगाफ निषेध । उनको सचिवालयका अनुसार त्यहाँ मन्त्रालयहरूका कामको निगरानी, अनुगमन र समन्वय मात्र हुने गर्छ । प्रधानमन्त्री भएपछि नेपाली सेनाको एउटा औपचारिक कार्यक्रमबाहेक उनी अन्य कुनै पनि सार्वजनिक वा उद्घाटन कार्यक्रममा सहभागी भएका छैनन् ।
विगतमा प्रधानमन्त्रीहरू पार्टीका कार्यकर्ता भेट्ने, उद्घाटन गर्ने र सानातिना सार्वजनिक कार्यक्रममा अल्झिने गर्थे । तर बालेनले त्यसता कुरालाई निषेध नै गरेर नीतिगत छलफल, कूटनीतिक सम्बन्ध र कर्मचारीतन्त्रको परिचालनजस्ता मुख्य काममा आफ्नै सम्पूर्ण समय खर्चिरहेका छन् । उनी जनप्रतिनिधिदेखि कुटनितिज्ञसम्मसँग सामुहिक भेट गरेर आफ्नो सम्मस्या टिपोट गर्ने र आफ्नो सन्देश सुनाउने काम गरिरहेका छन् । प्रधानमन्त्री बालेन शाहले बजेट निर्माण र स्थानीय समस्या बुझ्नका लागि सातै प्रदेशका प्रत्यक्ष तथा समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्यहरूसँग छुट्टाछुट्टै सामूहिक भेटघाट गरेका छन् । उनले चैत १६ देखि ३० गतेसम्म सबै प्रदेशका सांसदहरूसँग म्याराथन छलफल गरे ।
चैत १६ः कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग भेटघाट
चैत १७ः सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग स्थानीय माग र समस्याबारे छलफल
चैत १८ः मधेश प्रदेशका ३० जना सांसदसँग बजेट र अल्पकालीन योजनाबारे छलफल
चैत २०ः गण्डकी प्रदेशका सांसदहरूसँग संवाद
चैत २४ः लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल । निर्वाचन क्षेत्रका समस्या सङ्कलन
चैत ३०ः बागमती प्रदेशका सांसदहरूसँग भेटघाट गरी निर्वाचन क्षेत्रका समस्या सङ्कलन
वैशाख ३ः पाँच प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल
विगतका प्रधानमन्त्रीहरू बालुवाटारस्थित निवासबाटै शासन चलाउन रुचाउने गर्थे, सिंहदरबार विरलै पुग्थे । तर बालेनले सिंहदरबारलाई नै ‘कमान्ड सेन्टर’ बनाएका छन् । यसलाई पूर्वमुख्यसचिवले ‘कोर फङ्सन’ माथिको केन्द्रीकरणका रूपमा व्याख्या गरेका छन् । त्यसो त उनको कार्यशैलीको विपक्षी दलका नेताहरु फ्यान बन्न थालेका छन् । यी नेपाली कांग्रेसका बागमति प्रदेश सभापति समेत रहेका बागमतिका मुख्यमन्त्री इन्द्र बानियाँ जो प्रधानमन्त्री बालेन शाहलाई भेटेपछि प्रशंसक बनेका छन् ।
चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित १७ भन्दा बढी देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग पनि सामूहिक भेट गरे । भारत, चीन, अमेरिका, बेलायतलगायत राष्ट्रका प्रतिनिधिसँगको सामूहिक भेटलाई कूटनीतिक विज्ञहरूले समय व्यवस्थापनको उत्कृष्ट नमुना मानेका छन् । अलग–अलग भेट्दा हुने समयको खर्च बचाउँदै उनले नेपालको राष्ट्रिय प्राथमिकता र परराष्ट्र नीतिबारे एकैपटक स्पष्ट पारेका थिए । नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटलाई उनले ‘कूटनीतिक परिपक्वता’को संज्ञा दिएका छन् ।
प्रधानमन्त्री आफैँ हरेक दिन कार्यालयमा उपस्थित भएर म्याराथन भेटघाटमा व्यस्त हुँदा त्यसको प्रत्यक्ष प्रभाव कर्मचारीतन्त्रमा परेको छ । ‘जब घरको मूली नै कार्यालयमा बसेर फाइल र समस्याहरू हेर्न थाल्छ, तब मन्त्री र सचिवहरूलाई पनि आफ्नो जिम्मेवारीप्रति सचेत हुन दबाब पर्छ । सिंहदरबारमा प्रधानमन्त्रीको नियमित उपस्थितिले सुस्ताएको कर्मचारीतन्त्रलाई चलायमान बनाएको छ । प्रधानमन्त्री बोलेनन् भन्नेहरुलाई उनले काम मार्फत जवाफ दिइरहेका छन् ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया