०७ पुस २०८२
काठमाडौं- भदौ २३ र २४ गतेको घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली ठोकेपनि बयान नदिने अडान लिएका छन् । ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर भएपनि बयान लिने तयारी भएको खबर सार्वजनिक भइरहेका बेला ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको तर बयान दिन तयार नरहेको बताएका छन् ।
हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिदै ओलीले बयान नदिए बापत आजिवन थुने पनि थुनिन तयार रहेको बताएका छन् । बयान दिन यदि मान्नु भएन भने चाहिं ‘हामी यसरी ल्याउँछौ, त्यसरी ल्याउँछौ’ भन्ने भाषा सरकार पक्षबाट आइरहेको छ नि भन्ने प्रश्नमा ओलीको जवाफ छ– बयान दिन मानेन भने गोली ठोके हुन्छ नि ! यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली ! उहाँहरूसँग छ नि त बन्दुक ! के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।’
उनले बयानका लागि भन्दै आयोगका सदस्यहरु आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने तर बयान नदिने बताएका छन् । ‘मैले कति पल्ट भन्नु, बयान दिनुपर्ने छैन। तपाईंले रिजल्ट निकालिसक्नुभयो, फेरि जाँच म किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन । मेरो कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?’
भदौ २३ र २४ गतेको घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगले तत्कालिन आइजी चन्द्रकुँबेर खापुङ, हालका आइजीपी दानबहादुर कार्की, तत्कालिन सिडियो, गृह सचिवलगायत १५० भन्दा बढिसँग बयान लिइसकेको छ। अब राजनीतिक नेतृत्वसँग बयान लिने तयारीमा रहेका बेला तत्कालिन प्रधानमन्त्री ओलीले गोली नै ठोके पनि बयान नदिने अडान लिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया