२० भदौ २०८२
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताए ।
आज ललितपुरको गोदावारीस्थित सनराईज हलमा महाधिवेशन उद्घाटन गर्दै उनले केन्द्रीय कमिटीले नै भण्डारीको सदस्यताबारे निर्णय लिइसकेकाले थप छलफल आवश्यक नपर्ने जिकिर गर्नुभएको हो । विधान महाधिवेशनमा विधानसम्बन्धी विषयमात्र एजेण्डामा रहेको ओलीको भनाइ छ ।
‘कसैको सदस्यबारे उठेका प्रश्नहरु विधान महाधिवेशनसँग सम्बन्धित छैनन्, ती प्रश्नहरु कमिटीगत छलफलका विषय हुन्’, भने , ‘सचिवालय, स्थायी कमिटी, पोलिटब्युरोले छलफल गरिसक्यो, गर्दै लानेछ ।’
प्रधानमन्त्री ओली विधान महाधिवेशनमा विधानसम्बन्धी विविध विषयबारे मात्रै छलफल हुने जानकारी पनि गराउनुभयो । अघि थपे , ‘विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ, विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।’
उता पार्टीमा रोक लगाइएकी पूर्वराष्ट्रपति भण्डारीले भने विधान महाधिवेशन प्रतिनिधिहरुलाई एक चिठ्ठी लेख्दै संगठन बलियो बनाउन आवाज उठाउन आग्रह गरे ।
आफूले सदस्यता लिएर पार्टीमा सक्रिय हुन्छु भन्दा पनि नेतृत्वले रोक लगाउने निर्णय गर्नु विधान र संविधान विपरित भएको भन्दै त्यसविरुद्ध सशक्त आवाज उठाउन उनले अपील गरे ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया