०९ वैशाख २०८३
काठमाडौं- सपथ खाएको २४ घण्टा नबित्दै पूर्व प्रधानमन्त्रीलाई घरबाटै उठाएका, पूर्व गृहमन्त्रीलाई प्रहरी खोरमा जाकेका, सम्पत्ति शुद्धिकरणमा नेताहरुलाई पक्राउ गरेका, बिचौलियाको हिरासतको हावा खुवाएका गृहमन्त्री सुदन गुरुङले २६ दिनमै पदबाट राजीनामा दिएका छन् ।
भ्रष्ट र बिचौलियाविरुद्ध उनी जति आक्रामक रुपमा प्रस्तुत भएका थिए त्यति नै तिनको निशाना समेत पर्दै आएका थिए । अन्ततः जसलाई पक्राउ गरे तिनैले उनलाई सिध्याएका छन् । बिचौलियाको सामराज्य खडा गरेका दीपक भट्टकै योजना र उनीसँग साँठगाँठ गर्दै आएकाले उनलाई राजीनामा दिन बाध्य बनाए ।
सुदन गुरुङले सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो इन्स्योरेन्समा २५–२५ लाख रूपैयाँ गरी ५० लाख रूपैयाँको सेयर पाएको तथ्य सार्वजनिक भएको थियो । ताकी यी विमा कम्पनीमा कर्मचारीदेखि पत्रकारसम्मको सेयर रहेको खुलासा भएको छ । त्यति मात्रै होइन उनले ऋण नै लिएर सेयर किनेको प्रमाण समेत सार्वजनिक गरेका थिए । तर, त्यो सबका बीच उनी राजीनामा दिन बाध्य भए ।
पार्टी भित्रैबाट र बाहिरबाट पनि चर्को आलोचना भएपछि राजीनामा दिएका गृहमन्त्री गुरुङलाई सिध्याउन ब्यापारीले नै जालो बुनेको पाइएको छ । सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी अपराधबाट जोगिन र आफूविरुद्ध जारी अनुसन्धान प्रभावित पार्न नेपालका चर्चित व्यापारिक घरानाहरूले एकपछि अर्को नियोजित आक्रमण गरेको खुलेको छ । सरकारले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र धितोपत्रसम्बन्धी कसुरमा चर्चित व्यवसायी शेखर गोल्छासहित विभिन्न १२ जना व्यवसायी र व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई पक्राउ गर्ने तयारी गरेपछि उनीहरुले गृहमन्त्रीविरुद्ध नै खेल खेलेको पाइएको छ ।
धितोपत्र कारोबार ऐनविपरीत सेयर कारोबार गरेको, अवैध सम्पत्तिलाई वैध बनाउन संगठितरूपमा एकआपसमा ठूलो रकमको कारोबार गरेकोलगायतका प्रमाण भेटिएपछि प्रहरीले हिमालयन रिका मुख्य सेयरधनीसमेत रहेका बिचौलिया व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान, प्रहरीको अनुसन्धान र धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा प्रहरीले चर्चित व्यवसायी शेखर गोल्छासहितका अन्य ११ व्यवसायी र उद्योग सञ्चालकलाई पक्राउको तयारी गरिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार गोल्छासहित प्रहरी हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, क्रेष्ट माइक्रोलाइफ इन्स्युरेन्सका पूर्वअध्यक्ष ऋषिराज मोर, रमेश कर्पका संचालक रोहिता गुप्ता र भृकुटी स्टक ब्रोकिङका कार्यकारी प्रमुख सन्दीप चाचानलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीबाट सुरु भएको आर्थिक अनियमितताबाट बच्न राजीनामा दिएका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले अभियोगबाट बच्न यसअघि अर्थमन्त्रीलाई समेत प्रभावमा परेका थिए । अर्थमन्त्रीलाई समेत प्रभावमा पारेका व्यवसायीमाथि गम्भीर अनुसन्धान गर्ने अडानसहित छानविन प्रक्रिया अघि बढाउन गृहमन्त्री गुरुङले सक्रिय भएसँगै उनैलाई भड्खालोमा हाल्ने काम भएको पाइएको छ ।
भ्रष्ट नेता र बिचौलिया ब्यापारीलाई समात्ने तयारी गरेपछि उनलाई बिबादमा तानेर राजीनामा दिन बाध्य पारेकाहरुलाई नछाड्ने सुदनको तयारी छ । हाल राजीनामा दिएका उनी पुनः पदमा फर्किने सम्भावना उच्च छ । आफूमाथिको आरोपमाथि छानविन गर्न भन्दै राजीनामा दिएका उनी छानविनबाट सफाइ पाए पुनः पदमा फर्किन सक्नेछ । उनकै लागि भनेर प्रधानमन्त्री बालेन शाहले तत्काल कसैलाई गृहमन्त्री नबनाउने भएका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया