१७ पुस २०८२
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको आवश्यकता बनेको बताएका छन् ।
सन् २०२६ सुरु भएको अवसरमा शुभकामन व्यक्त गर्दै प्रचण्डले भनेका छन्, “यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्त्वपूर्ण आवश्यकता बनेको छ ।”
उनले देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्ने संकल्प गर्न अपिल गरेका छन् । उनले भनेका छन्, “हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपांग योद्धाहरूको बलिदान र योगदानबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्ने संकल्प गर्न म सबैमा अपिल गर्दछु ।”
उनले शुभकामना सन्देशमार्फत भनेका छन्, “हामीबाट बिदा भएको वर्ष सन् २०२५ मा जेनजी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको छ । यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ ।”
उनले अगाडि भनेका छन्, “संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ ।”
वर्तमान संकटको सकारात्मक निकासका निम्ति राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व रहेको उनले बताएका छन् ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया