०५ असार २०८३
काठमाडौं– तथ्य र सार्वजनिक सरोकारको विषयमा कलम चलाएकै आधारमा रेडियो धनकुटा एफएमका सञ्चालक एवम् स्टेशन म्यानेजर गोपाल बराइलीलाई एक व्यक्तिले निम्छरो गाली गर्दै ज्यानै तलमाथि पार्ने सम्मको धम्की दिएका छन् ।
समाचार लेखेकै भरमा बराइलीलाई धम्की आएको हो । समाचार प्रकाशनको विषयलाई लिएर सामाजिक सञ्जाल म्यासेन्जरमा उनलाई धनकुटाको महालक्ष्मी नगरपालिका ७ आन्द्रुङ निवासी पर्शु कार्कीले गालीगलौज गर्दै धम्की दिएका हुन् ।
उनी नेपाली काँग्रेस धनकुटाका सक्रिय कार्यकर्ता तथा एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
म्यासेन्जरमा धम्की दिँदै पर्शु कार्कीले लेखेका छन्, ‘धेरै चुमचुम भइरहेको छ, अलि होस गर्ने, जिन्दगीको अलि माया गर्ने गर्नू । धेरै जात नजनाउनु, तँलाई हामीले राम्रै चिनेको छ ।’
बराइलीले राहदानी छपाई तथा खरिद प्रकरणसम्बन्धी ‘अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा रु’ शीर्षकमा बिहीबार धनकुटा एफएम डटकमबाट समाचार प्रकाशन गरेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया