०८ मंसिर २०८२
काठमाण्डौ – चालू आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा १९ प्रतिशतले आयात बढेको छ भने निर्यात साढे ७७ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपालमा आयात हुँदा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन विभिन्न देशमा निर्यात भएको छ । गएको आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ, ठूलो अलैँची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ र सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा डिजेल ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ र कच्चा सोयाविन तेल ३० अर्ब ८७ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया