२४ पुस २०८२
काडमाडौं - भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १ सय जनाको ज्यान गएको दाबी गर्नुभएको छ । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताउनुभएको रोयर्टसले जनाएको छ ।
आक्रमणपछि राष्ट्रपति निकोला मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो । यसअघि भेनेजुएला सरकारले ज्यान गुमाउनेको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन । यद्यपि सेनाले आफ्ना २३ जना सैनिकको ज्यान गएको नामावली भने सार्वजनिक गरेको थियो । भेनेजुएलाली अधिकारीहरूका अनुसार राष्ट्रपति मदुरोको सुरक्षा टोलीका धेरै सदस्यहरू आक्रमणमा मारिएका हुन् ।
यसैबीच, क्यूबाले पनि भेनेजुएलामा कार्यरत आफ्ना सैन्य तथा गुप्तचर सेवाका सदस्यहरू मारिएको जनाएको छ । गृहमन्त्री काबेयोका अनुसार, आक्रमणका क्रममा पक्राउ परेकी राष्ट्रपति मदुरोकी पत्नी सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको छ भने मदुरोको खुट्टामा चोट लागेको छ ।
घटनापछि भेनेजुएला सरकारले आक्रमणमा मारिएका सैनिकहरूको सम्झनामा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिकी आक्रमणपछि भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि यस घटनाले चासो र विवाद सिर्जना गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया