१० वैशाख २०८३
काठमाडौं- सुकुम्बासीको नाममा बर्षौदेखि राज गर्दै आएका हुकुमबासीहरुलाई काठमाडौंको थापाथली स्थित बागमति किनारबाट प्रधानमन्त्री बालेन शाहले लखेट्ने भएका छन् । गाडी चढेर हिड्ने, छोरा छोरी पढ्न विदेश पठाउने, दाम्लो जतिकै मोटो सुनको सिक्रि ढल्काउदै ठाट देखाउने तर सुकुम्बासी हुँ भन्दै खोला किनारको जग्गा अतिक्रमण गरेर बस्ने एक एकलाई सरकारले डोजर लगाएर हटाउने भएको छ ।
प्रधानमन्त्री बालेन शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका छन् । बुधबारदेखि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएका स्रोतले जनाएको छ । बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत छलफल भएको जनाइएको छ ।
‘अतिक्रमित सुकुम्बासी बस्ती हटाउने काम अब सुरु गर्नुपर्छ । यही शनिबार र आइतबार काठमाडौँबाटै यो अभियोन सुरु गर्नू,’ प्रधानमन्त्रीलाई उदृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘यसका लागि स्थानीय सरकारलाई सरकारले जानकारी गराइसकेको हुनेछ । तपाईहरुले स्थानीय सरकारसँग् समन्वय गरेर सहयोग गर्नू ।’
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि बालेनले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला स्थानीय बासिन्दाको कडा विरोध र तत्कालीन सरकारका असहयोगका कारण अभियान सफल हुन सकेको थिएन । तर, अहिले संघीय सरकारको नेतृत्वमै पुगेपछि उनले सोही मुद्दालाई पुनः अघि बढाएका हुन् । बागमति नदि किनार कब्जा गरेर देशको राजधानीलाई कुरुप बनाउनेलाई यहाँबाट उठाउने गरी पुनः अघि सरेका हुन् । त्यसो त सुकुम्बासीका लागि सरकारले काठमाडौंको नागार्जुन नगरपालिकामा बनाएको भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र छ । सुकुम्बासीहरु बस्न नमान्दा र स्थानीयले पनि बिरोध गर्दा चारवटा ठूला अपार्टमेन्ट निर्माण गरे पनि अझैसम्म प्रयोगविहीन छन् ।
तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पालामा २०६९ सालमा सरकारले काठमाडौंको खोला किनारमा बसोबास गर्ने सक्कली सुकुम्बासीलाई सुविधा दिने उद्देश्यले यी भवन बनाएको थियो । १२ करोड रुपैयाँ लगानी गरी दुई ठाउँ गरेर एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट बनाएका यी अपार्टमेन्ट अलपत्र छन् । काठमाडौं उपत्यकाबाट उठाएका सुकुम्बासीहरुको पहिचान गरी बालेन सरकारले यहि अपार्टमेन्टमा उनीहरुलाई राख्ने योजना बनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया