०४ भदौ २०८२
काठमाडौं- गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै विपक्षी दल रास्वपाले संसद्मा झन्डै ३ महिनादेखि मानतस्करलाई कारबाही गर भन्दै हंगामा मच्चाइरह्यो । र, सत्तारुढ दल कांग्रेस एमालेले चाही रास्वपाकै नेतामाथि मानव तस्करीको अभियोगमा कारबाही प्रक्रिया अघि बढायो ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय छापा मारेपछि नेपालमा उच्च तहकै सेटिङमा कसरी अध्यागमनमार्फत मानव तस्करी भइरहेको छ भन्ने कुराको खुलासा भएको थियो ।
जसमा गृहमन्त्रीकै संलग्नताको आंशका गर्दै विपक्षी दल रास्वपाले उनको राजीनामा र छानविनको माग गर्दै संसदमा निरन्तर विरोध गरिरह्यो । तर, रास्वपाको मागलाई सम्पूर्ण रुपमा वेवास्ता गरेका सत्ताधारी दल कांग्रेस एमालेले अहिले रास्वपाबाटै निर्वाचित भएकी उपसभामुख इन्दिरा रानामाथि मानवतस्करकै अभियोगमा कारबाही प्रक्रिया अघि बढाएका छन् । महाअभियोग लगाएर पदच्यूत गर्ने र थप छानविन प्रक्रिया अघि बढाउने कांग्रेस एमालेका नेताहरुको तयारी छ ।
पटक पटक उपसभामुख हटाउने जमर्को गरेका कांग्रेस एमालेले इन्दिरा रानालाई हटाउन गरेको यो तेस्रो प्रयास हो । यसअघि कांग्रेस र एमालेको गठबन्धन सरकार बने लगतै गत वर्षको साउन महिनामा नै उनीमाथि महाअभियोग लगाउन खोजिएको थियो । तर, विपक्षी दलहरुले चर्को विरोध गरेपछि कांग्रेस एमाले ब्याक भएका थिए ।
त्यसलगतै भदौको अन्तिम तिर फेरि महाअभियोग लगाउने तयारी गरेका थिए । तर, महाअभियोग पारित गर्न दुई तिहाइ पुग्ने अवस्था नबनेपछि उनीहरु फेरि ब्याक भएका थिए ।
ठिक एक वर्षपछि फेरि एकाएक सत्ताधारी दल कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानालाई हटाउन जोडतोडका साथ लागेका छन् । सरकार र मन्त्रीलाई मानव तस्कर भनेर रास्वपाले आरोपित गरिरहेका बेला रास्वपाबाटै उपसभामुख बनेकी इन्दिरा रानालाई मानव तस्करीकै आरोपमा उपसभामुखबाट हटाउने र छानविन अघि बढाउने सरकारको तयारी छ ।
बाँकी भिडियोमा
जेनजीलाई अघि राखेर नेताको सातो खाइन सुशिलाले, ५ घण्टाको छलफलपछि भनिन्- हेर्दै जानुस के के गर्छौ ?
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन
निजामतिको गेटमा नर्सहरूको धर्ना
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
सुशिलाको साथपछि फेरि सुकुम्बासी हटाउन अघि बढे बालेन, खालि गर्न दिए ७ दिने अल्टिमेटम
कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
ओली र माधव मिल्दा माओवादी र समाजवादी फुट्दै, झलनाथ र घनश्यामले मागे राजीनामा
बालुवाटारमा नेताहरुको सात्तो खाइन सुशिलाले, भ्रष्टचारको फाइल खोल्दै सबलाई थुन्ने
प्रतिक्रिया