१० पुस २०८२
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन् ।
स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उनको भनाइ छ । निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ उनले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको संयुक्त बैठकमा भएको विषयमा पनि उल्लेख गरे । राष्ट्रपतिलाई हामीले भन्यौँ( चुनाव विरोधी हामी होइनौँ। प्रतिगमन हुन हुँदैन भन्यौँ । प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा भयो । यो अदालतमा छ अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर, वातावरण बनेको खोई रु अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया