१२ जेठ २०८३
काठमाडौं -बिहान ८ बजे सिंहदरबार पुग्छन्, राति ८ बजेसम्म कार्यालयमै बसेर काम गर्छन् । आनावाश्यक भेटघाटबाट दुर छन् । बिचौलिया र स्वार्थ समूहका लागि ढोका बन्द गरेका छन् ।
मन्त्रीहरुको हरेक दिनको कामको रिपोर्ट लिन्छन् । कर्मचारीको छिनछिनको कामको निगरानी गर्छन् । यो प्रधानमन्त्री बालेन शाहको कार्यशैली हो । सिंहदरबार बदल्छु भन्ने धेरै नेताहरु आफै बद्लिए । तर, प्रधानमन्त्री बालेन शाहले देशको बागडोर सम्हालेको २ महिनामा सिंहदरबारको रुप रंग नै फेरिदिएका छन् । स्वार्थ समूहबाट दुर रहेका उनी आफ्नै पार्टीका सांसदहरुसँग पनि कमै भेट्छन् । उनीहरुका कुरा मन्त्रीमार्फत सुन्ने गरेका प्रधानमन्त्री बालेनले पार्टीका निश्चित नेता, सभापति रवि लामिछाने र आफ्ना सल्लाहाकार बाहेक अरुको कुरा खासै सुन्दैनन् ।
उनी केवल सरकार गठनको पहिलो दिन चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्विकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्व्यनतर्फ केन्द्रित भइरहेका छन् । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रास्वपा सरकारले दुई महिना पुग्दै गर्दा पुरातन राजकाज प्रणालीमा हस्तक्षेप गर्दै सिंहदरबारको कार्यशैली बदल्दै गरेको झलक दिएको छ । विस्तृत भिडियोमा हेर्नुस
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया