०५ फागुन २०८२
काठमाडौं- भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने अमेरिकी सैन्य अपरेसनमा क्लाउड एआई प्रयोग गरिएको खुलासा भएको छ । वाल स्ट्रिट जर्नल र रोयटर्समा आज प्रकाशित समाचार अनुसार एन्थ्रोपिक कम्पनीको क्लाउड एआई प्रयोग भएको हो ।
गएको जनवरीमा भएको अपरेसनका क्रममा अमेरिकाले भूउपग्रह तस्वीर, जासूसी सञ्चार सामग्री र अन्य गोप्य तथ्याङ्क विश्लेषण गर्न क्लाउड एआई प्रयोग गरेको थियो । एआईले मदुरोको गतिविधि, दैनिक जीवनको ढाँचा र सम्भावित ठाउँ पहिचान गर्न विशाल मात्रामा गुप्तचर सूचनाको विश्लेषण गरेको रिपोर्टमा उल्लेख छ ।
यसले परम्परागत विधिभन्दा छिटो सूचना प्रशोधन गर्न सहयोग गरेको बताइएको छ । तर यो खुलासापछि विवाद शुरु भएको छ । एन्थ्रोपिकले आफ्नो एआई हिंसा, हतियार विकास वा निगरानीमा प्रयोग नगर्ने नीति सार्वजनिक रूपमा राखेको छ ।
कम्पनीले आफ्ना प्रणाली प्रत्यक्ष युद्ध नियन्त्रणभन्दा विश्लेषण र सारांश तयार पार्ने कार्यका लागि डिजाइन गरिएको बताएको छ । विवादपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एन्थ्रोपिकसँगको २० करोड अमेरिकी डलरको सम्झौता रद्द गर्ने तयारी गरेको छ ।
एन्थ्रोपिकले भने आफ्नो एआई कुनै विशेष अपरेसनमा प्रयोग भयो कि भएन भनेर टिप्पणी गर्न नसक्ने बताएको छ । यो घटनाले कृत्रिम बौद्धिकता प्रविधिको सैन्य प्रयोगलाई लिएर नयाँ बहस शुरु गरेको छ । विशेषज्ञहरूले एआई कम्पनीहरूले आफ्ना उत्पादनको प्रयोग कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न उठाएका छन् ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया