१० मंसिर २०८२
काठमाडौं( रूस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको अमेरिकी शान्ति योजनामा युक्रेनले सहमति जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘समझदारी’ बनेको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदाको शान्ति प्रस्ताव अघि सार्नुभएको थियो । यो प्रस्तावमा छलफल गरी अद्यावधिक समेत गरिएको छ । ट्रम्पले ट्रुथ सोसलमार्फत् जानकारी दिँदै प्रारम्भिक अमेरिकी प्रस्तावमा दुवै पक्षका सुझावहरू समेटिएको र केही मात्र विवादित मुद्दाहरू बाँकी रहेका बताए ।
ट्रम्पका अनुसार, शान्ति योजना अन्तिम चरणमा पुगेपछि मात्रै उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैसँग प्रत्यक्ष भेटवार्तामा जुट्नुहुनेछ । ट्रम्पले विशेष दूत स्टीभ विट्कफलाई मस्को पठाई पुटिनसँग छलफल गर्न भने ।
तर, रूसले नयाँ मस्यौदाबारे आफूसँग छलफल नभएको भन्दै केही शंका व्यक्त गरेको खबरमा उल्लेख छ । रूसी विदेश मन्त्री सर्गेई लावरोभले प्रारम्भिक अमेरिकी फ्रेमवर्कमा रूस सकारात्मक रहे पनि यसमा केही तलमाथिको अवस्था राम्रो नहुने बताएका छन् ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया