१३ वैशाख २०८३
काठमाडौँ - नेपाली उपभोक्ताका लागि गएको चैत महिना निकै कष्टकर देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२र८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ ।
विशेषगरी पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी र आयात महँगो हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा परेको विभागले जनाएको छ ।
विभागको प्रतिवेदनअनुसार चैतमा सबैभन्दा बढी मूल्यवृद्धि तरकारी बजारमा देखिएको छ । विभागले कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य विवरणलाई आधार मान्दा केही तरकारीको मूल्यमा ३०० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
विभागका अनुसार स्थानीय काउलीको मूल्यमा ३०४।७६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी हाइब्रिड घिउ सिमीको मूल्य ३०० प्रतिशत र स्थानीय घिउ सिमीको मूल्य २६६।६७ प्रतिशतले बढेको छ ।
फर्सी र ब्रोकाउलीको मूल्यमा पनि क्रमशः २०० र १८७ प्रतिशतको वृद्धि देखिएको छ । मौसमी प्रभाव र ढुवानी खर्चमा भएको वृद्धिका कारण तरकारीको मूल्य नियन्त्रण बाहिर गएको प्रतिवेदनको निष्कर्ष छ । यद्यपि, निगुरो, च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ ।
चैतमा इन्धनको मूल्यमा भएको भारी वृद्धि महँगीको मुख्य कारक बनेको छ । प्रतिवेदनअनुसार फागुन र चैतको अवधिमा मात्रै पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन गरिएको छ ।
चैत २६ गतेसम्म आइपुग्दा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ पुगेको थियो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ थियो ।
हवाई इन्धनको मूल्यसमेत बढेर १७८५ रुपैयाँ पुगेको छ । इन्धनको यो मूल्यवृद्धिका कारण ढुवानी भाडा र उत्पादन लागत बढ्न गई बजारमा सबै खाले वस्तुको मूल्य महँगिएको विभागले जनाएको छ ।
अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावले पनि महँगी बढाउन भूमिका खेलेको छ । चैत १६ गते अमेरिकी डलरको खरिद दर १५१।४१ रुपैयाँ र बिक्री दर १५२।०१ रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।
नेपालको अधिकांश खाद्यान्न र औद्योगिक कच्चा पदार्थ आयातमा निर्भर रहने भएकाले डलरको भाउ बढ्दा आयातित वस्तुहरू महँगो हुन पुगेका हुन् । प्रतिवेदनले डलरको अस्थिरताले बजारमा ‘इम्पोर्टेड इन्फ्लेसन’ ९आयातित मुद्रास्फीति० सिर्जना गरेको उल्लेख गरेको छ ।
खाद्यान्नतर्फ पनि चैत महिनामा मूल्य बढेको देखिएको छ । प्रतिवेदनका अनुसार विभिन्न सहरहरूमध्ये काठमाडौँ उपत्यकामा खाद्यान्नको मूल्य तुलनात्मक रूपमा बढी छ । सोना मन्सुली चामलको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँसम्म पुगेको छ । मासको दाल प्रतिकिलो १९० रुपैयाँ र मुसुरोको दाल १८५ रुपैयाँ पुगेको छ । चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।
विभागले बजार मूल्य बढ्नुमा माग र आपूर्तिबिचको असन्तुलन, इन्धनको मूल्यवृद्धि, र बिचौलियाको प्रभावलाई मुख्य कारण मानेको छ । प्रतिवेदनमा भनिएको छ, ‘खाद्यान्नजन्य वस्तु उत्पादन हुने समयमा मूल्यवृद्धि घट्नुपर्नेमा उल्टै बढ्नु चिन्ताको विषय हो । यसमा बिचौलियाले गर्ने अस्वाभाविक मूल्य निर्धारणले पनि काम गरेको देखिन्छ ।’
बजार नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि विभागले आगामी दिनमा अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० को अनिवार्य कार्यान्वयन गरिने जनाएको छ । साथै सघन बजार अनुगमन, सूचना प्रविधिको प्रयोग र स्थानीय उत्पादनमा जोड दिइने जनाएको छ ।
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
भूपेन्द्र भण्डारी : प्राधिकरणको पुर्व अध्यक्ष, स्मार्ट सेल लगाएत काण्डै काण्ड छानबिनबाट बाहिर किन ?
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
प्रतिक्रिया