३१ जेठ २०८३
काठमाडौं - काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्रीमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ । नगरसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ । ‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधि प्रचारप्रसार गर्न कार्यालयको वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानल तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी, पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ ।’
काठमाडौं महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइम इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिई न्याय निरुपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरुलाई पूर्णतः निषेध गर्ने, शहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध संघसंस्थाहरु समेतको सहकार्य र समन्वयलाई प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ । नयाँसडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ समस्याको दिगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँसडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत् पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘विश्वका शहरहरुका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा साँस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौं शहरको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन ‘सवनेसनल डिप्लोमेसी’ को असल अभ्यास गरिनेछ ।’
१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
गरिबको रोजीरोटी भिरबाट खसाल्ने वन कर्मचारीको निर्लज्ज बचाउ
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
भारतीय अवरोधले संकटमा नेपाली चिया, उद्योगीले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
प्रतिक्रिया