०५ फागुन २०८१
काठमाडौं- बाल क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्क औषधिको पहिलो खेप आइपुगेको छ ।
अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिने सम्भौता भएको थियो । सोही सम्झौताअनुसार आइतबार पहिलो खेप औषधि आइपुगेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा सुमन पन्थीले जानकारी दिए।
डब्लुएचओ नेपालका अनुसार क्रमैसँग थप औषधि उपलब्ध हुनेछ। पहिलो खेपमा २३०० भन्दा बढी प्याकेट औषधि आएका छन् । यी औषधीहरू क्यान्सरबाट प्रभावित बालबालिकाको उपचारका लागि प्रयोग गरिनेछन् । अहिले आएको औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइँदैछ।
भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भतरपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्।
सरकारले २०८१ मंसिर १ गतेबाट लागु हुनेगरी तोकिएका अस्पतालहरूमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । अत्यावश्कय औषधि निस्शुल्क आएपछि उपचार सहज हुने अपेक्षा छ ।
नेपालमा हाल बाल क्यान्सर निको हुने दर करिब ३० प्रतिशत मात्रै छ। नेपालले सन २०३० सम्म बाल क्यान्सर निको हुनेदर कम्तिमा ६० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया