३० पुस २०८२
काठमाडौं - भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ ।
बुधबार उडान भर्ने तयारीमा रहेको उडान नं. ८५२ (कल साइन ) एन(एएमडी) को जहाजमा सवार यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेका हुन् ।
बुद्ध एयरका अनुसार जहाजको ढोका खोल्ने यात्रु गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । उक्त घटनापछि उडान प्रभावित भएको छ ।
हवाई सुरक्षा मापदण्ड अनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । जसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ । प्राविधिक टोलीले पूर्ण परीक्षण गरी उडानका लागि सुरक्षित रहेको सुनिश्चित गरेपछि मात्र उक्त जहाजले पुनः उडान भर्नेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया