१५ जेठ २०८३
काठमाडौं - नेपालमा पछिल्ला वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट पढ्न सामान्यतया दिउँसो ४ बजेको साइत जुराउने गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण समेत आज दिउँसो ४ बजे नै प्रस्तुत हुने गरी संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।
जानकारहरूका अनुसार यसरी साँझको समय राखेर बजेट प्रस्तुत गर्ने प्रचलन बस्नुका पछाडि ठोस कारण भने छैन । यसपालि प्रिबजेट छलफल क्रममा प्रतिनिधिसभाको अर्थ समितिमा सांसदहरूले स्वयं अर्थमन्त्री वाग्लेसमक्ष यो सवाल राखेका थिए ।
जवाफमा वाग्लेले भनेका थिए, ‘राति २र३ बजेसम्म पनि बजेट लेखनकै काममा खटिनुपर्छ, त्यसपछि सुत्न जाने हो ।’
उनले अगाडी भनेका थिए, ‘त्यो बिचरो अर्थमन्त्रीले एकछिन भए पनि सुत्न पाओस् भनेर अलि ढिला गरी बजेट पढ्ने गरिएको हो ।’
उनले भने जस्तै अर्थ मन्त्रालयमा १४ जेठको निकै अबेरसम्म बजेटको फाइनल चरणको काम हुन्छ । अर्थमन्त्री मात्र होइन, बजेट बनाउन खटिने अर्थको टोली र सचिवहरू समेत त्यही अवधिसम्म बस्छन् ।
अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘बजेट प्रस्तुत गर्ने दिन सिधै अर्थमन्त्री संसद् भवन जाने भन्नु हुँदैन, यसका कम्तीमा चार अन्य प्रक्रिया पनि पूरा गर्नुपर्छ ।’
आजै प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको बैठक बस्छ । उक्त बैठकले आगामी आवको आयरव्ययको विवरण परिमार्जन गरी स्वीकृत गर्छ । किनकि, फागुनमा दिएको बजेटको सीमा बजेट बनाउने बेला फेरबदल भइसकेको हुन्छ । सोही निर्णय अर्थ मन्त्रालयमा पुग्छ ।
अर्थ मन्त्रालयबाट टिप्पणी उठाउँदै बजेटको निर्णय मन्त्रिपरिषद्मा पुग्छ । आजै मन्त्रिपरिषद् बैठक बस्छ । सोही बैठकले बजेट पास गरी संसद्मा पठाउँछ । मन्त्रिपरिषद्बाट पास भएको बजेट प्रिन्ट गरी सबै सांसद्लाई वितरण समेत गर्नुपर्छ । यी सबै प्रक्रियाले समेत बजेट प्रस्तुत गर्ने समय धकेल्ने गर्छ ।
त्यसअघि आजकै दिन नेपालमा गणतन्त्र दिवस पर्छ । सोही दिवससँग सम्बन्धित औपचारिक कार्यक्रमहरूमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरू सहभागी हुनुपर्छ । त्यसले पनि बजेट प्रस्तुत गर्ने समय धकेल्ने उनले बताए ।
जानकारहरूका अनुसार अपराह्न बजेट आउनुका पछाडि भन्सारको दर अर्को कारण पनि हो । नेपालमा सामान्यतया ४ बजे बजेट भाषण गर्दागर्दै कार्यालयहरू बन्द हुने गर्छ । भन्सारका दरहरू आजै रातिबाट कार्यान्वयनमा आउँछन् ।
सामान्तया १५ जेठका दिन भन्सारविन्दुमा जुन सामान इन्ट्री भए पनि त्यसको दर चालु आवको बजेटले तोके बमोजिम हुन्छ । दिउँसो ४ बजेट सार्वजनिक भएपछि भने नयाँ दर लागु हुने भएकाले सोही प्रक्रियामा अतिरिक्त ढिलाइ नहोस् भन्नका लागि समेत अपराह्न बजेट सार्वजनिक गर्ने गरिएको अर्थका अधिकारीको तर्क छ ।
अर्कातर्फ, दिउँसो ४ बजेपछि धेरै कार्यालय बन्द हुने र सर्वसाधारणले समेत बजेटबारे चासो राखेर र्हेन र सुन्न खोज्ने भएकाले फुर्सदको समय निकालेर बजेट सार्वजनिक गर्ने प्रचलन बसेको अनुमान गरिन्छ । यद्यपि, यसबारे ठोस कारण भने छैन ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया