११ चैत २०८२
काठमाडौं - नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार शपथ लिँदैछन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शपथ के हुन्छ भन्ने विषयमा आम चासो छ ।
यो विषयमा संघीय संसद् सचिवालयका अधिकारीहरूले समेत आन्तरिक छलफल गरेका छन् । उनीहरूको निष्कर्ष छ– सांसद हुनु र निलम्बन हुनु फरक अवस्था हो ।
एक अधिकारी भन्छन्, ‘सांसद पदको उम्मेदवार हुन योग्य नरहेको भए निर्वाचन आयोगले हेर्ने थियो । कानुनले सांसद पदमा उम्मेदवार हुन नरोकेपछि रवि उम्मेदवार भए र चितवन २ बाट निर्वाचित पनि भए । त्यसअनुसार निर्वाचन आयोगले निर्वाचित सांसदहरूको सूची पठाएको छ ।’
उनका अनुसार निर्वाचन आयोगले निर्वाचित भएको भनेर पठाएकाहरू सबैले शपथ लिन पाउँछन् । ‘शपथ लिइसकेपछि निलम्बनको अवस्थाको कुरा आउने हो । सांसद नै नभइ निलम्बनको कुरा आउँदैन । यसकारण रवि लामिछानेको हकमा शपथ लिन पाउने वा नपाउने भन्ने अन्योल छैन,’ उनी भन्छन्, ‘शपथ लिइसकेपछि कुनै पनि सदस्य निलम्बनमा रहने अवस्था छ वा छैन भन्ने हेरिन सक्छ ।’
सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लागेपछि विघटित प्रतिनिधिसभामा लामिछाने निलम्बनमा परेका थिए ।
७ पुस २०८१ मा लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
लगत्तै ८ पुस २०८१ मा संघीय संसद् सचिवालयले सूचना निकालेर लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको थियो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा दफा २२ मा मुद्दा दायर भएपछि सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतस् निलम्बन भएको मानिने व्यवस्था छ ।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको किनारा लागेको छैन । यसकारण उनले सांसद पदको शपथ लिन पाउँछन कि पाउँदैनन् भन्ने चासो रहेको हो ।
महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरू लामिछानेले कानुनतस् शपथ लिन नमिल्ने तर्क गर्छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले यो विषयमा औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका महान्यायाधिवक्ता कार्यालयका ती अधिकारी भन्छन्, ‘निलम्बन सार्वजनिक पद धारण गरेको अवस्थामा हुने हो । चुनाव जितेपछि शपथ लिन हुँदैन । शपथ लिएपछि सार्वजनिक पद धारण गरेको हुन्छ । सम्पति शुद्धीकरणको अभियोग लागेका व्यक्ति सार्वजनिक पदमा हुँदा निलम्बन हुन्छन् भने यही अभियोग लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्न नै मिल्दैन ।’
गत २१ फागुनको निर्वाचनमा लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
यसअघि उनी २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवादमा उनको पद गयो । त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा पुनस् उम्मेदवार भएर चुनाव जिते ।
यसपटक पनि चुनाव जितेर आएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया