२१ पुस २०८२
कैलाली - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज एक समारोहको आयोजना गर्दै केही थरुहट नेताहरूलाई पार्टी प्रवेश गरायो । यही हुलमुलमा भित्रिएका छन् लक्ष्मण थारु, जो टीकापुर हत्याकाण्डका एक प्रमुख पात्र हुन् ।
रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले थरुहट नेताहरूसँग ९ बुँदे सम्झौता गर्दै पार्टी प्रवेश गराएको हो । सम्झौता पत्रमा रास्वपाको तर्फबाट उपसभापति डोलप्रसाद अर्याल र थरुहटबाट लक्ष्मण थारुसहित नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौतामा टिकापुर घटनालाई राजनीतिक आन्दोलन मान्ने भनिएको छ ।
सम्झौताको ५ औं बुँदामा लेखिएको छ, ‘टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार निर्माण भएपछि शान्ति सुरक्षा(सुरक्षासँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने ।
२०७२ सालमा भएको टिकापुर काण्डमा थरुहट आन्दोलनकारीले सात सुरक्षाकर्मी र एक बालकको नृशंस हत्या गरेका थिए । अदालतले उक्त काण्डलाई आपराधिक घटनाका रूपमा लिएर यसका प्रमुख पात्रहरूलाई सजाय सुनाएको छ, त्यसमध्ये एक लक्ष्मण थारु हुन् । तर, आज रास्वपाले टिकापुर घटनालाई राजनीतिक आन्दोलन मान्ने सम्झौतालाई लक्ष्मणलाई पार्टीमा रेड कार्पेट ओछ्याएको छ ।
त्यसो त पार्टी प्रवेश अगाडि नै लक्ष्मणलाई केन्द्रीय सदस्यमा मनोनयन गरिसकिएको थियो । हिजो बसेको केन्द्रीय कमिटी बैठकले बालेन साहको कोटामा केन्द्रीय सदस्य बनाइएका २६ जनामध्ये उनी पनि परेका हुन् । उनको पार्टी प्रवेश भने आज भएको छ ।
लक्ष्मण थारु टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर सजाय काटेका व्यक्ति हुन् । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते उक्त हत्याकाण्ड भएको थियो । आन्दोलनकारीले ८ जना सुरक्षाकर्मी र एक बालकको ज्यान लिनुका साथै ३६ जना सुरक्षाकर्मीलाई घाइते बनाएका थिए । घटनाको भोलिपल्ट दर्जनौँ थारुका घरहरूमा आगजनी र तोडफोड भएको थियो ।
टीकापुर घटनामा रेशम चौधरी, लक्ष्मण थारुलगायतलाई जिल्ला अदालत कैलालीले प्रमुख योजनाकारका रूपमा दोषी ठहर गर्यो । २०७५ सालको फागुन २२ गते जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाअघि नै लक्ष्मणले ३ वर्ष पुर्पक्षमै बिताइसकेका थिए । त्यसैले उनी फैसलापछि तत्कालै रिहा भए ।
जिल्ला अदालतको निर्णय उल्टाउँदै उच्च अदालतले लक्ष्मणलाई फेरि जन्मकैदको सजाय सुनायो । त्यसपछि लक्ष्मण थारु अर्धभूमिगत बनेका थिए । फेरि सर्वोच्चले उच्च अदालत दिपायलको फैसला संशोधन गर्दै जन्मकैदको सजायलाई ३ वर्षमै झार्यो । त्यसपछि मात्र लक्ष्मण थारु फुक्का भएका हुन् । पछिल्लो समय उनी नागरिक उन्मुक्तिमा पनि निष्क्रिय थिए ।
लक्ष्मण थारु पूर्वमाओवादी हुन् । माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका उनले २०६५ सालमा सो पार्टी त्यागेका थिए । त्यसपछि छुट्टै मोर्चा बनाएर पछि थरुहट तराई पार्टी नेपाल गठन गरे । तर, त्यो पार्टी नचलेपछि उनी फोरम लोकतान्त्रिक हुँदै राजपामा लागे । जेलमै छँदा उनलाई राजपाका तत्कालीन अध्यक्ष राजेन्द्र महतोले पार्टी प्रवेश गराएका थिए । २०७९ सालको निर्वाचनअघि उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन् । उच्च अदालतले जन्मकैद सजाय सुनाएपछि फरार रहेकै अवस्थामा उनी पार्टी प्रवेश गरेका थिए ।
२०७९ को आमनिर्वाचनमा उनले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली ५ मा वारेसमार्फत उम्मेदवारी दिए पनि जन्मकैद सुनाइएका कारण उनको उम्मेदवारी बदर भएको थियो ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया