०७ पुस २०८२
काठमाण्डौ – नेपाल बास्केटबल सङ्घको आयोजनामा आउँदो पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाण्डौको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने हिजो आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा सहभागी १२ टोलीको प्रतिस्पर्धाबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगको लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा पहिले नै छनोट भइसकेको ४ टोलीसहितको ८ टोलीबिच प्रतिस्पर्धा हुनेछ ।
बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् ।
चार वटा समूहमा विभाजित टोलीहरूमा समूह ‘ए’ मा आइएसए, तरहर र त्रिभुवन आर्मी क्लब, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र सङ्कर देव कलेज रहेका छन् ।
लिग कम नकआउटको आधारमा हुने नतिजाबाट हरेक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछ भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया