०७ पुस २०८२
काठमाण्डौ – नेपाल बास्केटबल सङ्घको आयोजनामा आउँदो पुस ७ गते सोमवारदेखि १२ गतेसम्म ली–निङ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाण्डौको बौद्धमा रहेको डंकमान्डूमा हुने प्रतियोगिता राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुने हिजो आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा सहभागी १२ टोलीको प्रतिस्पर्धाबाट ४ टोली राष्ट्रिय बास्केटबल लिगको लागि छनोट हुनेछ । राष्ट्रिय लिगमा पहिले नै छनोट भइसकेको ४ टोलीसहितको ८ टोलीबिच प्रतिस्पर्धा हुनेछ ।
बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन् ।
चार वटा समूहमा विभाजित टोलीहरूमा समूह ‘ए’ मा आइएसए, तरहर र त्रिभुवन आर्मी क्लब, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’ मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र सङ्कर देव कलेज रहेका छन् ।
लिग कम नकआउटको आधारमा हुने नतिजाबाट हरेक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछ भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ ।
बालेनसँग वार्ता सकेर निस्किए रवि
सरकारले वातावरण बनाओस्, निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली
आफ्नै नेतृत्वमा पार्टी बनाउन अघि बढे बालेन, मध्यरातसम्म दर्जनौसँग के के भयो छलफल ?
अमेरिका र चीनले राजदुत फिर्ता गर्दा एमाले महासचिव त्रसित, बमै हान्न लागे झै गरेर फैलाउदैछन् त्रास
नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म
नयाँ शक्तिको समीकरण प्रयास, रवि लामिछाने, बालेन शाह, सुदन गुरुङ लगायत छलफलमा जुटे
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद
अब दुई दिनमै राहदानी
नक्कली शाखा अधिकृतको चर्तिकर्ला– आमालाई पनि छाडेनन्, सलाम खान दिनकै ६ पटक सिंहदरबार ओहोर दोहोर
निर्धक्क भएर चुनावमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
प्रतिक्रिया